जुम्लामा चट्याङले एक जना गम्भीर घाइते,दुई सय भेडा मरे

गाेल्डेन बुढा

जुम्ला,२३ असार

जुम्लाको गुठिचाैर गाउँपालिका -५ मा पर्ने धौलीगाडको ठुलो हाका पाटनमा चट्याङ पर्दा एक जना गम्भीर घाइते भएका छन्।भने दुई सय भेडा मरेका छन्।साेमबार दिउँसो साढे ४ बजे चट्याङ परेको थियोे।गम्भीर घाइते हुनेमा जुम्लाको सिंजा गाउँपालिका -६ भाडगाँउका ५२ वर्षका धनबहादुर रावत हुन्। घाइतेको नाक र मुखबाट रगत निरन्तर बगिरहेको छ।अचेत अवस्थामा छन्।प्रत्यक्षदर्शी गाेविन बुढाले भने,कपडा च्यात्तिएका छन्। दिउँसो बेस्सरी असिना परेको थियो। भेडा एक ठाउँमा जम्मा भएको बेला लागेको हो।६ जना किसानका भेडाहरु सामुहिक पाटनमा लगिएका थिए। ९ सय भेडा मध्ये दुई सय मरेको छन्। यता जिल्ला प्रशासन कार्यालयले घाइतेको उद्वारका लागि हेलिकप्टरबाट व्यवस्थापन गर्न गृहमन्त्राालयमा अनुरोध गरेको छ।

जुम्लामा चट्याङले एक जना गम्भीर घाइते,दुई सय भेडा मरे

एकल महिला र अपांगता व्यक्तिलाई वडाले दियो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds