अबको शिक्षा उद्यमशिलता, आयआर्जन र रोजगारीसँग जोडिन्छः मन्त्रि तिमिल्सिना

दाङ,२३ असार।
लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित भई स्वीकृत कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। शिक्षा तथा सामाजिक विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा सोमबार राप्ती उपत्यका (देउखुरी)मा आयोजना गरिएको समीक्षा बैठकमा शैक्षिक सुधारका विविध पक्षमाथि गहन छलफल गरिएको हो।

कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सामुदायिक विद्यालयहरूको व्यवस्थापन पक्ष मजबुत बनाउँदै शैक्षिक वातावरणमा सुधार ल्याउनु आवश्यक रहेको धारणा राखे। उनले भने, “सामुदायिक र संस्थागत विद्यालयबीच व्यवस्थापनमा फरक छ। अब प्रधानाध्यापकहरू लिडरको भूमिकामा उभिएर गुणस्तरीय शिक्षा दिलाउन सक्रिय हुनुपर्छ।”

मन्त्री तिमिल्सिनाले शिक्षामा तीन तहका सरकारहरूबाट थप लगानी आवश्यक रहेको उल्लेख गर्दै भविष्य निर्माण गर्ने मुख्य आधारको रूपमा शिक्षालाई औंल्याए। “शिक्षामा गरिएको लगानीको तत्काल परिणाम देखिँदैन। तर दीर्घकालीन रूपमा यो राष्ट्रको मेरुदण्ड सावित हुन्छ,” उनले जोड दिए।

शिक्षित बेरोजगारी समस्या समाधानका लागि अबको शिक्षालाई उद्यमशीलता, आयआर्जन र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता रहेको उनले स्पष्ट पारे। तदनुसार प्रदेश सरकारले नीतिगत कार्यक्रमहरू तयार गरेको पनि मन्त्री तिमिल्सिनाले जानकारी दिए।

बैठकमा विद्यालय व्यवस्थापन, गुणस्तरीय पाठ्यक्रम, दक्ष जनशक्ति उत्पादन र समावेशी शिक्षाको प्रवर्द्धन जस्ता विषयमा सरोकारवालाबीच व्यापक छलफल भएको थियो। बैठकले विद्यालयस्तरको सुधारका लागि स्थानीय तहसँग सहकार्य गर्दै कार्यान्वयन पक्षलाई थप मजबुत बनाउने निष्कर्ष निकालेको छ।

 

अबको शिक्षा उद्यमशिलता, आयआर्जन र रोजगारीसँग जोडिन्छः मन्त्रि तिमिल्सिना

बर्दियाका ३० हजारभन्दा बढी महिला र किशोरीलाई

अबको शिक्षा उद्यमशिलता, आयआर्जन र रोजगारीसँग जोडिन्छः मन्त्रि तिमिल्सिना

जुम्लामा चट्याङले एक जना गम्भीर घाइते,दुई सय

Leave a comment

Your email address will not be published. Required fields are marked *