डोल्पाको अन्नपूर्ण माविमा २९ लाख बढीको भ्रष्टाचार प्रकरण, प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्दा

डोल्पा ,२३ असार।
डोल्पाको मुड्केचुला गाउँपालिका–७ स्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा सार्वजनिक खरिद ऐन, शिक्षा ऐन तथा नियमविपरीत ठेक्का प्रक्रिया मिलेमतोमा गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका प्रधानाध्यापक नरदेव रोकाया लगायत १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा विद्यालयको निर्माणसम्बन्धी ठेक्का कार्यमा अनियमितता गरी विद्यालयलाई २९ लाख ६० हजार ६९२ रुपैयाँ बराबरको आर्थिक हानी पुर्‍याइएको आरोप लागेको हो।

विद्यालयमा ठेक्का प्रक्रियामा प्रधानाध्यापक रोकायासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा, सहायक शिक्षकद्वय हृदय नारायण साह र जयबहादुर ठकुल्ला, गाउँपालिका वडा अध्यक्ष दत्तबहादुर बुढा, इन्जिनियर देवराज रावत लगायत संलग्न भएको आयोगको दाबी छ।

विशेष गरी विद्यालयमै कार्यरत शिक्षिका उषा कुमारी सिंहको नाममा रहेको ‘दर्शन एण्ड दिग्दर्शन निर्माण सेवा’ लाई मनोमानी ढंगले ठेक्का दिइएको र त्यसबापत ७९ लाख ४४ हजार ८७ रुपैयाँ भुक्तानी दिइएको पाइएको छ। तर, सबैभन्दा कम रकम कबोल गर्ने महातारा निर्माण सेवाले भने ४९ लाख ८३ हजार ३९४ रुपैयाँमा काम गर्न प्रस्ताव दिएको थियो।

सार्वजनिक खरिद ऐनको मर्मविपरीत प्रक्रिया अपनाएर न्यून कबोलदातालाई अस्वीकार गरी उच्च कबोलदातालाई ठेक्का दिनु अनुचित भएको ठहर गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको सजाय मागदाबी गर्दै आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

आयोगका अनुसार, अन्नपूर्ण माविका तत्कालीन व्यवस्थापन समिति सदस्यदेखि शिक्षक र स्थानीय जनप्रतिनिधिसमेतको मिलेमतोमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

 

 

डोल्पाको अन्नपूर्ण माविमा २९ लाख बढीको भ्रष्टाचार प्रकरण, प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्दा

‘नयाँ मिडियालाई स्वीकार नगरी आमसञ्चार अघि बढ्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds