‘नयाँ मिडियालाई स्वीकार नगरी आमसञ्चार अघि बढ्न सक्दैन’ :वरिष्ठ पत्रकार झा

बाँके ,२२ असार।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले बदलिँदो समाज र पुस्तान्तरणको सन्दर्भमा नयाँ मिडियालाई आमसञ्चारको अपरिहार्य माध्यमको रूपमा आत्मसात् नगरी अगाडि बढ्न नसकिने स्पष्ट पार्नुभएको छ।

नेपाल पत्रकार महासंघ बाँकेद्वारा नेपालगञ्ज–४ सञ्चारग्रामस्थित महासंघ कार्यालयमा आयोजित ‘बदलिँदो परिवेशमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नयाँ प्रविधिसँग तालमेल गर्दै पत्रकारितालाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

“पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अन्तर्घुलनबाट मात्रै पत्रकारिता सशक्त बन्न सक्छ,” उहाँले भन्नुभयो। साथै, झाले लेखन शैलीमा नविनता, सन्तुलन, महसुसीकरण तथा गल्ती सच्याउने चेतनाको विकास आवश्यक रहेको धारणा राख्नुभयो।

वरिष्ठ पत्रकार झाले पृष्ठपोषणको संयन्त्रको अभाव पत्रकारिता क्षेत्रका लागि चुनौती बनेको उल्लेख गर्दै यस्तो संयन्त्र निर्माणले मात्र पत्रकारितालाई जिम्मेवार र जवाफदेही बनाउन सक्ने बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका पूर्व अध्यक्षहरू लियाकत अलि, हेमन्त कर्माचार्य, निरज गौतम, झलक गैरे, र रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, अकोराबका केन्द्रीय सदस्य मो. आरिफ अन्सारी, पत्रकारहरू कृष्ण अधिकारी, शरण कर्माचार्य, कमल खत्री, पवन जयसवाल र चेतकान्त भट्टराई लगायतले आफ्ना विचार राखेका थिए।

 

‘नयाँ मिडियालाई स्वीकार नगरी आमसञ्चार अघि बढ्न सक्दैन’ :वरिष्ठ पत्रकार झा

डोल्पाको अन्नपूर्ण माविमा २९ लाख बढीको भ्रष्टाचार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds