टाेपी बुन्ने सीपले बनायाे आत्मनिर्भर

गाेल्डेन बुढा

जुम्ला ,२२ असार।

कुनै बेला खरायो सोखका लागि पालिन्थ्यो।अचेल जुम्लाका गाउँबस्तीमा भने व्यावसायिक रूपमै पाल्न थालिएको छ।जुम्लाको चन्दननाथ नगरपालिका -८ (तलिउम)राेकायाबाडा गाउँका ४५ वर्षीय जुन राेकायाले खरायोपालन आइरहेका छन्।सुरुवातमा उनले पनि सोखकै लागि खरायो पाले । थोरै लगानी र मिहेनत पनि धेरै गर्न नपर्ने भएपछि १५ वर्षदेखि व्यावसायिक रूपमै खरायोपालन सुरु गरेका हुन्। सुरुमा ५ वटा खरायो पाले। अहिले उनीसँग २६ भन्दा बढी खरायो छन्। सबै अंगुरा जातका खरायो छन्। ‘खरायोले प्रशस्तै बच्चा जन्माउने भएकाले व्यवसाय विस्तार गर्न ठूलो पुँजी खर्चिनु पर्दैन,’ उनले भने, ‘खरायोको मासुको माग बजारमा बढदै छ, किसानले उत्पादन गरेको खरायोले बजार नपाउने अवस्था छैन ।’ एक पटक ६ देखि १२ बच्चा जन्माउँँछ।खरायोपालनमा खासै धेरै मेहेनत पनि नपर्ने उनी बताउँछन्। जुनले खरायोको ऊनबाट टोपी बुनेर बेचिरहेका छन् ।

चारवटा खरायोको ऊनबाट एउटा टोपी बुन्छन् । त्यसलाई जुम्लाको सदरमुकाम खलंगा बजार लगेर ३ हजार रुपैयाँमा बेच्छन्। एउटा टोपी तयार हुन दुई दिन लाग्छ। उनि गाउँमै एक नमुना खरायो पालक किसानका रुपमा परिचित मानिन्छन्। पहिलो पटक खरायोको ऊनबाट टोपी बुन्ने प्रयास गरे।सकेनन्। पुरै बिग्रेपछि ज्यालादारी काम गर्ने साेच गरे।पछिल्लो भाई मामाकाे छाेरा विस्नले सिकाए।फेरि हात बस्यो उनलेे भने,अनि व्यावसायिक रूपमा खरायो टाेपी बुन् तर्फ लागे। ९ वर्ष बढी भयो,खरायोका टाेपी निर्माण गर्न लागेको राेकायाले भने, आजभोलि जुनकाे आम्दानीको स्रोत नै खरायोको टोपी हो । एक महिनामा ६ वटा टोपी तयार पार्छन् । यसबाट महिनामा न्यूनतम १८ हजार रुपैयाँ कमाउँछन्।प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ ।

टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायोपालनले जुनको प्रगति भइरहेको छ । उनलेे मात्र खरायोको टोपी बेचेर ४ लाख रुपैयाँ बचत गरेकाे बताए। नुन, तेल र बच्चाबच्चीको स्कुल खर्च, पाँच जना घर परिवारकाे लुगाफाटो पनि त्यही रकमले चल्छ।उनको तीन छाेरा निजी विद्यालयमा अध्ययनरत छन् ‘अर्काको चाकरी गरेर ऋण माग्नुपरेको छैन।विगतमा खेतबारी,ज्यालादारी काम गर्ने, खेतीपातीमै व्यस्त रहने जुन पछिल्लो समय सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन्।विगतमा खासै रुचिकर नभएको सीपले आत्मनिर्भरकाे माध्यम बनेको छ।

अहिलेसम्म कुनै पनि सरकारी तथा गैरसरकारी निकायबाट तालिमकाे अवसर नपाएकाे जुनले बताए।“पढेर पनि जागिरको समस्या हुन्छ, आफुसित सीप भयो भने त आत्मनिर्भर बन्न सकिने रहेछ,” उनले भने्।“पढेर जागिर खानुपर्छ भन्ने नै छैन, मेहनत र सीप भयो भने घरपरिवार चलाउन सकिँदो रहेछ ।”टाेपी बुन्दा १२ किसिमका सीप चाहिन्छ।तर, अहिलेसम्म आफुले ४ वटा मात्रै सिकेको बताउँछन्।इट्टा,पान,एम र पुतली बनाउने आइटम सिकेको छु।उनलेे भने।गाउँमा हुने शुभकार्यदेखि सदरमुकाम खलंगामा हुने बिदाइ तथा सम्मानमा पनि खरायोको टोपीको प्रयोग भइरहेको छ। अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी स्तरका माथिल्लो तहका सबैलाई खरायोको टोपीले स्वागत गरिन्छ।

‘टोपीको माग सबैतिर।राता ताल पुग्ने बाह्पर्यटकहरुकाे पनि पहिलो प्राथमिकतामा खरायोकाे टाेपी पर्छ। काठमाडौं, भैरहवा,पाेखरा,सुर्खेत बुटवल र नेपालगन्जमा खरायोको टोपीको अत्यधिक माग छ। विदेशी पर्यटकले पनि यो टोपी लैजाने गरेका छन् ।

टाेपी बुन्ने सीपले बनायाे आत्मनिर्भर

बाँकेको बैजनाथ ३२ बर्षिय छोराले गरे ६०

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds