जुम्लामा पुरानो सकेट डिस्पोज, स्थानीय सचेत

गोल्डेन  बुढा
जुम्ला ,११ चैत ।
बुधबार दिउँसो तातोपानी गाउँपालिका–४ गौतमबाडामा स्थानीय रंतावती उपाध्यायको बारी खन्ने क्रममा पुरानो अवस्थामा रहेको शंकास्पद बस्तु (सकेट) फेला परेको छ। साढे ३ बजे फेेला परेको थियोे ।नेपाली सेनाको श्री देवीदत्त गण, जुम्लाबाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षा प्रक्रियापूर्वक उक्त सकेट डिस्पोज गरेको गणपति प्रमुख सेनानी धिरज थापाले जनाए। टोलीले घटनास्थलको निरीक्षण गरी आसपासको क्षेत्र सुरक्षित बनाएको र स्थानीयलाई सचेत गराएको छ।सुरक्षा अधिकारीहरूले यो सकेट पुरानो अवस्थामा रहेको र कुनै अपराधिक गतिविधि वा हालको खतरासँग सम्बन्ध नभएको पुष्टि गरेका छन्। ५ बजेर २५ मिनेटमा डिस्पोजल गरिएको थियोे।

जुम्लामा पुरानो सकेट डिस्पोज, स्थानीय सचेत

उजुरीको चापमा कर्णाली:एक हजार उजुरी अझै अनुसन्धानमै

Leave a comment

Your email address will not be published. Required fields are marked *