चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता 

बेइजिङ, १८ कार्तिक (रासस/सिन्ह्वा) । 

चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा रूसी प्रधान मन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरी बहु पक्षिय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गरेका छन् ।   राष्ट्रपति सीले यस वर्षको सुरुदेखि नै चीन र रूसले उच्च–स्तर र उच्च–गुणस्तरको विकास लक्ष्यहरूको साथ शान्तिको लागि बाह्य वातावरणलाई दृढतापूर्वक आत्मसाथ गरेको बताउनु भएको छ ।  उनले अब्बल द्विपक्षीय सम्बन्ध सुदृढ पादै अगाडि बढाउनु दुवै पक्षको लागि रणनीतिक योजना भएको बताएका छन् ।

यस वर्ष रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा द्विपक्षीय सम्बन्धका लागि नयाँ खाका तयार भएको उल्लेख गर्दै सीले दुई देशले घनिष्ठ समन्वय कायम गरी समझदारीलाई कार्यान्वयन गर्न र दुई देश र जनताको हितलाई ध्यानमा राख्दै सहयोग  विस्तार गर्ने काम गर्नुपर्ने बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता 

उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता 

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र

Leave a comment

Your email address will not be published. Required fields are marked *