मुख्यमन्त्री आचार्यद्वारा मोहन कन्या विद्यालयको हीरक महोत्सव उद्घाटन
पाल्पा ,१६ भदौ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहन कन्या माध्यमिक विद्यालय, तानसेन, पाल्पाको ७५ औं वार्षिकोत्सव एवम् हीरक महोत्सव २०८२ को उद्घाटन गर्नुभएको छ ।

विद्यालय परिसरमा साेमवार आयाेजित हीरक महाेत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हिरक स्मारक अनावरण र स्मारिकाकाे समेत विमाेचन गर्नुभएको हाे । वि.सं. २००७ सालमा स्थापना भएको विद्यालयले विभिन्न कार्यक्रम गर्दै हीरक महाेत्सव मनाएको हाे

महोत्सव अन्तर्गत विद्यालयले गुणस्तर तथा प्राविधिक नारी शिक्षा विषयक राष्ट्रिय गोष्ठी, जिल्ला र नगरस्तरीय प्राज्ञिक छलफल, खेलकूद लगायतका कार्यक्रम आयोजना गरेको थियो । उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।





