कानून कार्यन्वयनको पाटो  कमजोर हुँदा महिला हिंसामा बृद्धि

सुर्खेत, १६साउन । 
कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले नेपालको संविधान र कानुनले महिला अधिकारलाई सुरक्षित गरेएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताएकी छन् । २०८२ साउन १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) ले वीरेन्द्रनगरमा आयोजना गरेको महिला अधिकार उल्लङ्घनका घटना न्यूनीकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएकी हुन् ।
‘संविधान र कानुनले महिला अधिकारलाई समेटेको छ । तर, त्यसको कार्यान्वयन पक्ष भने एकदमै कमजोर छ,’ उनले भनिन्, ‘एउटा महिलाले न्याय पाउन कति संघर्ष गनर्ु्‌पर्छ त्यो सबैलाई जानकारी भएकै कुरा हो । त्यसमा सबै तहका सरकारले आवश्यक कानुन बनाएर कार्यान्वयन गर्नु नै उत्तम विकल्प हो ।’
उनले महिला विरुद्ध हुने सबै खालका हिंसा र हत्यामा मानव अधिकार रक्षकहरु जाग्नुपर्ने अवस्था रहेको भन्दै संगठित भएर अगाडी बढ्नुपर्ने सुझाव दिइन । प्रदेश सभामा बन्ने हरेक कानुनलाई महिलामैत्री बनाउन आफुले पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन । कर्णाली प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कृष्णबहादुर हमालले सामाजिक मूल्य र मान्यताका कारण महिलामाथि दिनहुँ हिंसा बढिरहेको बताए ।
महिला अधिकारको रक्षा गर्नका लागि घरबाट परिवर्तनको अभियान थाल्नुपर्ने उनको सुझाव । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले महिलामाथि हुने घटनाको कारण पत्ता लगाई ठोस् योजनाका साथ अगाडी बढ्नुपर्ने बताए ।
वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले महिलालाई सोच्ने सोच परिवर्तन नभएसम्म हिंसा र हत्याका घटनाहरु न्यूनीकरण नहुने बताइन । उनले पछिल्लो समय नेतृत्वदेखि अन्य कुराहरुम पनि महिला अब्बल भएको भन्दै नगरपालिकाले जोखिममा रहेका वडा र टोलमा विशेष सचेतनाका कार्यक्तमहरु गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी माधवप्रसाद श्रेष्ठले महिला विरुद्ध हुने हरेक घटनामा प्रहरी संवेदनशील भएर काम गरिरहेको बताए । उनले पीडितमैत्री भएर काम गरिरहेको भन्दै विभिन्न निकायसँग समन्वय सहकार्य गरेर अगाडी बढिरहेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापाले महिलमाथिग हुने ज्यादती र हिंसाका घटनामा आयोगले निरन्तर अनुगमन गरिरहेको बताइन । पीडितलाई नै दोषी ठान्ने सामाजिक प्रवृत्तिका कारण महिला अधिकार हनन्का घटना बढिरहेको आवाज संस्थाकी निर्देशक पवित्रा शाहीले बताइन ।
समाजले पीडितलाई हौसला दिनुको सट्टा चरित्र हत्या र विभिन्न आरोप लगाउँदा कानुन कार्यानवयनमा समेत चुनौती थपिएको बताइन । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले महिला हिंसाको प्रमुख कारण लागुपर्दाथ दुर्व्यसन रहेको भन्दै त्यसमा सचेतना जगाउन आवश्यक रहेकको बताए ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले सन् २०२० देखि २०२५ जुलाईसम्म इनसेकले अभिलेख गरेका महिला अधिकार हनन्का घटनाहरुको प्रस्ततीकरण गरे । उनले अन्तरक्रियाबाट आएका सुझावलाई कार्यान्वयन गर्न सबैले एकजुट हुनुपर्ने औंल्याए । कार्यक्रममा महिला मानव अधिकार रक्षक, मानव अधिकारकर्मी, विभिन्न अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्था र सरोकारवाहरुके सहभागिता रहेको थियो । उनीहरुले महिलामाथि हुने हत्या, हिंसा र ज्यादतीका घटनामा प्रहरी प्रशासन र राज्यले संयमता अपाएर काम गर्न सुझाव दिएका छन् ।
कानून कार्यन्वयनको पाटो  कमजोर हुँदा महिला हिंसामा बृद्धि

सिञ्जा गाउँपालिकाद्वारा एक हजार ५०० घरको बिमा 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds