अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे 

हुम्ला, १६ साउन । 
एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा धेरै पशुवस्तु मरेका छन् । गाउँपालिका–६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुवस्तु मरेका हुन् ।
अचानक पशु वस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौवटा गाई तथा १४ भन्दा धेरै गोरुलगायत पशुवस्तु मरेका स्थानीय हरिबहादुर शाहीले जानकारी दिए ।
यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म उहाँको मासिधारालगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशुवस्तु मरेपछि ठूलो क्षति पुगेको छ । अधिकांश पशुवस्तु जङ्गलतिर खर्क रहेकाले अन्य पशुवस्तबारे यकिन विवरण आउन बाँकी छ ।
खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छभने अन्य गाईगोरुसमेत थला परेका छन् । अज्ञात रोगको महामारीका कारण पशुवस्तु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ ।
सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशुवस्तुहरू अझै बिरामी परेका स्थानीयले जनाएका छन् । गाउँपालिकाको पशुशाखामा औषधीका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे ।  यहाँ हिउँदका लागि पशुवस्तुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुवस्तु खर्कमा लिने प्रचलन छ ।
अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे 

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे 

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds