सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता 

जुम्ला, १६ साउन । 
जुम्लास्थित सघन सहरी तथा भवन आयोजना कार्यालयमा गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल पुँजीगत बजेटमध्ये रु ७५ करोड दुई लाख ६९ हजार बजेट फिर्ता गएको छ ।   सङ्घीय सरकारले जिल्लाको विकासका लागि सबै भन्दा बढी रकम यसै कार्यालयका लागि विनियोजन गरेको थियो ।
पुँजीगततर्फको बजेट रु एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मीनबहादुर घर्तिमगरले जानकारी दिए ।

यस कार्यालयको चालुतर्फ रु एक करोड ६८ लाख १२ हजार विनियोजन बजेटमध्ये रु एक करोड १३ लाख ८७ हजार अर्थात् ६७ दशमलव ७४ प्रतिशत बजेट खर्च भएको छ । चालु र पुँजीगत गरी जम्मा बजेट रु एक अर्ब ६५ करोड ४० लाख ७६ हजार विनियोजनमध्ये पुँजीगततर्फ खर्च हुन नसक्दा रु ७५ करोड दुई लाख ६९ हजार ‘फ्रिज’ गएको हो । ७६ वटा ठेक्काबाट सञ्चालन हुने सबै योजनाको काम सम्पन्न नहुँदा बजेट फिर्ता गएको कार्यालयले जनाएको छ ।
ती योजनालाई बहुवर्षीय बजेट सुनिश्चततामा ढिलाइ हुँदा बजेट फिर्ता गएको सघन सहरी तथा भवन आयोजनाका सूचना अधिकारी चन्द्र थापाले जानकारी दिए । उपझोक्ता समितिबाट निर्माण हुने करिब ३० वटा योजनाको रकमसमेत फ्रिज गएको छ । सबैभन्दा बढी डोल्पा र जुम्लाका योजनाका लागि आएको बजेट फिर्ता गएको छ । साविको माथिल्लो कर्णालीका जुम्लालगायत कालीकोट, मुगु, हुम्ला र डोल्पा गरी पाँच जिल्लाको बजेट सदुपयोग नहुँदा करोडौँ बजेट फिर्ता गएको सघन सहरी तथा भवन आयोजनाले जनाएको छ ।

त्यसैगरी, सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ रु ७१ करोड ५५ लाखमध्ये रु ५६ करोड ३२ लाख १२ हजार अर्थात् ७८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । रु १५ करोड ४२ लाख ६३ हजार फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 

 

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता 

अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा

सघन सहरी तथा भवन आयोजना जुम्लाको ७५ करोड बजेट फिर्ता 

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds