आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय संचालन

गोल्डेन बुढा

जुम्ला,१७ असार।
जुम्लाको चन्दननाथ नगरपालिका-१ आचार्यमा अवस्थित मालिका आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय संचालनमा आएको छ।कला घर जुम्लाको सहजीकरणमा हाम्मो पढ्न्या मैडो’ पुस्तकालय संचालन गरिएको हो।उक्त पुस्तकालयले विद्यार्थी र समुदायमा पठन संस्कृतिको विकास गर्ने अपेक्षा लिइएको छ। मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर महतले पुस्तकालय संचालन हुनु गाैरवकाे कुरा भएको टिप्पणी गरे।´ ऐतिहासिक कामकाे संकेत गर्दै, बालबालिकालाई पढ्ने बानीको विकास समुदायको असल ज्ञान र सीपमा सुधार ल्याउनेछ।“यो पुस्तकालयले हाम्रा विद्यार्थीलाई शिक्षाको ज्याेती दिनेछ।भविष्य उज्ज्वल बनाउनेछ,“सहयोग गर्ने कलाघर टिमप्रति विद्यालय परिवार आभारी छौं।”उनलेे भने।यस्तै चन्दननाथ नगरपालिका अन्तर्गतको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले पुस्तकालय शिक्षा आर्जन गर्ने ज्ञानको भण्डार भएको बताए।

विद्यार्थीमा पढ्ने बानीकाे विकास संस्कृति र सिर्जनशीलता वृद्धिमा सहयोग पुग्ने बताउँछन्।उक्त वडाका वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले अनुसरणीय कार्य भएको जिकिर गरे।पुस्तकालयलाई थप व्यवस्थित समृद्ध बनाउन सबैको सहकार्य र समन्वयकाे अपरिहार्य देखिएको ओैल्याए।अ:उनलेे भने, “ समाज रुपान्तरण गर्ने देश हाक्ने नायक जन्माउने विद्यालयलाई सहयोग गर्न वडा सरकार सदैव तल्लिन छ।”मेयर राजुसिंह कठायतले पुस्तकालयले शिक्षाको ज्योति छर्ने बताए।स्वस्थ,सक्षम र सुपोषित बालबालिकाको विकासमा पुग्ने उल्लेख गरे।“पुस्तकालयहरू ज्ञानको भण्डारण, संरक्षण र वितरणको केन्द्रका रूपमा विश्वभर प्राचीन कालदेखि नै महत्वपूर्ण मानिन्छन्,” उनले भने।उप-मेयर रामदेवी खड्काले युवाहरूको सामाजिक योगदानको प्रशंसा गरिन्।दिर्घकालिन रुपमा व्यवस्थित र सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दिइन्। “शिक्षामा गरिएको लगानी कहिल्यै खेर जाँदैन,” उनले भनिन्।

पुस्तकालय स्थापनामा विभिन्न व्यक्ति र संघ-संस्थाले सहयोग गरेको कलाघरका सचिव धनराज सुनारले बताए।उनका अनुसार शिल्पी थियटर, निमा बुक्स, जय बुक्स हाउस, स्मिता नेपाल, नेत्र प्रसाद दाहाल, एन्जु बज्राचार्य, मनऋषि धिताल, युवराज धिताल, हिमाल भुजेल, रूपेश शाह, सांग्रिला बुक पब्लिकेशन, खडानन्द चौलागाईं, पुरिचन्द्र देवकोटा र डीबी शाहीले नि:शुल्क पुस्तक उपलब्ध गराएर सहयोग गरेका छन्।

त्यस्तै मेयर कठायतले बुक र्‍याक र उप-मेयर खड्काले कार्पेट उपलब्ध गराएका छन्। यस्तै, डिभिजन वन कार्यालयले उद्घाटनका लागि बिरुवा प्रदान गरेको छ।जसरी शिक्षा आर्जन गर्न शिक्षाको बिउँ राेपिन्छ।त्यसरी सरंक्षण र हुर्काउनु पर्छ,भने चेतना दिन उद्वघान सत्रमा ५ वटा पिपल र १० वटा फुलका विरुवा राेपिएकाे थियोे।‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय जुम्लाको सानो तर महत्वपूर्ण कदम भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालो सार्कीले बताए।उनले भने, “यो पहलले स्थानीय बालबालिका र समुदायलाई शिक्षाको उज्यालो बाटोमा डोर्‍याउने अपेक्षा गरेका छौं।”पुस्तकालयलाई दीर्घकालसम्म जीवन्त राख्न स्थानीय सरकार, समुदाय, र सहयोगी संस्थाहरूको निरन्तर सहकार्य आवश्यक छ।

आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय संचालन

कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइई उतिर्ण

आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय संचालन

राप्ती नदीको बाढी जोखिम न्यूनीकरणका लागि बाँकेमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds