कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइई उतिर्ण

गाेल्डेन बुढा

जुम्ला,१७ असार।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कर्णाली प्रदेशका ५६.७८ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्।राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार (अर्थात) १३ गते यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको थियोे। गतवर्ष प्रदेशभर ४१ दशमलव ३४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। यो वर्ष कर्णाली प्रदेशबाट एसईई दिएका ३१ हजार ७ सय ७३ जना विद्यार्थी मध्ये १८ हजार ४२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार १३ हजार सात सय ३१ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’मा परेका छन्। जुम्लाबाट २ हजार ५ सय १० जना परीक्षार्थीले एसईई दिएकोमा १ हजार ९ सय जना विद्यार्थी उतिर्ण भएका छन्।भने ६ सय ६ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् । उत्तीर्ण हुने विद्यार्थीको प्रतिशतमा ७५ दशमलव ८५ रहेको शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख सेरबहादुर राेकायाले बताए।कालीकोटबाट एसईई मा ६५ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

कालिकोटबाट यस वर्ष तीन हजार १ सय ९५ जनाले एसईई परीक्षाामा सहभागी भएका मध्ये एक हजार ८ सय २४ विद्यार्थी उत्तीर्ण भए । एक हजार तीन सय ७१ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन्।यस्तै शिक्षा विकास निर्देशनालय सुर्खेतकाे तथ्यांकअनुसार मुगुबाट ६९ दशमलव ०९ प्रतिशत विद्यार्थी एसईई परीक्षामा उत्तीर्ण भएका छन्।७ सय ३१ जनाले एसईई परीक्षा दिएका थिए । त्यसमध्ये पाँच सय ५ जना मात्र उत्तीर्ण भएका छन् । दुई सय २६ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन्। शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालका अनुसार हुम्लादेखि ५१ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ९ सय ३६ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए।जसमध्येमा ४ सय ८३ विद्यार्थी उत्तीर्ण भएका छन् ।

भने, ४ सय ५३ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेको बताउँछिन्।यता डाेल्पाका ३३ दशमलव १ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्। ७ सय ४६ विद्यार्थी एसईईमा उपस्थित भएका थिए। दुई सय ४७ विद्यार्थी उतिर्ण भए।भने,४ सय ९९ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परे।यता जाजरकोटबाट चार हजार तीन सय परीक्षार्थीले एसईई दिएकोमा तीन हजार पाँच सय ३१ उत्तीर्ण भएका छन् । ७ सय ६९ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् । उत्तीर्ण हुने विद्यार्थीको प्रतिशतमा ८२ दशमलव ११ रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले जनाइन्।रूकुमपश्चिम जिल्लाबाट यो वर्ष तीन हजार ४ सय ४५ जनाले एसईई परीक्षा दिएका थिए ।

जसमध्ये दुई हजार पाँच सय ८२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ७४ दशमलव ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ।भने, ८ सय ६३ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन्।यस्तै छिमेकी दैलेख २२ दशमलव ८९ प्रतिशत विद्यार्थी उतिर्ण भए।यस वर्ष दैलेखबाट चार हजार ७ सय ७५ जना विद्यार्थीले एसईईको परीक्षा दिएका थिए। जसमध्ये १ हजार ९३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।यस्तै, तीन हजार ६ सय ८२ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परे।भने,सल्यानका दुई हजार ६ सय ७८ विद्यार्थी उतिर्ण भए। यो वर्ष चार हजार ६४ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए। यस वर्ष ६५ दशमलव ८९ प्रतिशत उत्तीर्ण भएको बताइएको छ। सल्यानका एक हजार तीन सय ८६ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन्। सुर्खेतबाट ४५ दशमलव १३ प्रतिशत विद्यार्थी उतिर्ण भएको तथ्यांक सार्वजनिक गरिएको छ।सुर्खेतबाट यो वर्ष सात हजार ७१ जना परीक्षार्थीले परीक्षा दिएका थिए।

जसमा तीन हजार १ सय ९५ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।तीन हजार ८ सय ७६ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् ।देशभर ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए।भने चार लाख ३८ हजार ८ सय ९६ विद्यार्थी एसईईमा सहभागी भएका थिए।भने दुई लाख ७१ हजार २ सय ९९ जना विद्यार्थी उतिर्ण भए।१ लाख ७६ हजार पाँच सय ९७ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परे।

कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइई उतिर्ण

बाँकेको खजुरामा भातखुवाईको खाना खाँदा १३ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds