उच्च रक्तश्रवले थलिएकी सुत्केरी महिला हेलिकप्टरबा उद्दार


मिमसिह नेपाली ।
हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–४ ढकालबाडा गाउँकी ४३ वर्षिया बाँचुकला जैसी(ढकाल)को नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
९ दिनदेखि ढकाललाई हल्का रगत बग्दै गर्ने समस्या भएपनि दुई दिनदेखि रक्तश्राव बढ्दै गएपछि शनिवार बेलुका पाँच बजे गाउँपालिका एम्बुलेन्समार्फत उद्धार गरी मैला स्वास्थ्य चौकीमा पुर्याइएको थियो ।
उच्च रक्तश्रावले थलिएर मैला स्वास्थ्यचौकीमा भर्ना भएकी ढकाल(जैसी)लाई स्वास्थ्यकर्मीले चेकजाँच गरी रातभरको अथक प्रयासपछि आइतबार विहान बच्चा सकुशल बच जन्माएर साल समेत निकालिएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिए । प्रमुख ढकालका अनुसार, बच्चा जन्माएपनि अत्यधिक रक्तश्राव कारण स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि आजै नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको प्रमुख ढकालले बताए ।
शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि गाउँपालिका अध्यक्ष लालकेश जैसी, स्वास्थ्य सेवा कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय, नेपाल आर्मी लगायतका स्वास्थ्यकर्मीको अथक प्रयास पछि उद्धार सफल भएको उनले बताए । रक्तश्रावले थलिएकी ढकालको राष्ट्रपछि महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको हो ।
उच्च रक्तस्रावले थलिएकी ढकालको प्रदेश अस्पताल सुर्खेतमा पुर्याएसँगै अहिले उपचार भइरहेको उहाँको श्रीमान हरिप्रसाद जैसी(ढकाल)ले जानकारी दिएको शाखा प्रमुख ढकालले बताएका छन् । यस्तै महिलाको श्रीमतीले ४ वटा छोरी जन्माएर मृत्युभएपछि दोस्रो विवाह गरेर कान्छी श्रीमतीबाट पनि तीनवटा छोरी जन्मिएका छन् भने यो पटक छोरा जन्मिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाउनुका साथै ज्यान जोगिदै आएको छ । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा व्यथा लागेका गर्भवतीका लागि यो कार्यक्रमले वरदान सावित भएको छ ।






