सम्पादकीय: कहिले बन्छ प्रादेशिक औद्योगिक क्षेत्र ?

कर्णाली प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि विभिन्न चरणमा आएर स्थलगत अवलोकन भनेर सम्भाव्यता अध्ययन गरेका थिए । त्यो सुरुमा लेकवेशीमा भएको थियो भने, दोश्रो पटक भेरीगंगाको सुर्खेत जाजरकोट सडक खण्डको जहरेलाई करिडोर बनाउने गरी सम्भाव्यता अध्ययन भएको थियो ।

तर न लेकबेशीको बन्ने कुरा टुङ्गीयो न त जहरेमा नै पक्का भयो । यि दुवै ठाँउमा कस्तो प्रतिवेदन आयो होला ? प्रादेशिक औद्योगिक क्षेत्र कहिले बन्ने होला त्यो कुरा गर्भमै छ अहिलेसम्म । अस्थिर सत्ता सञ्चालकका कारणले बनेन कि स्थानीय सरकार बाधक बन्यो की ? के चाहीं कुराले रोकेको होला प्रादेशिक औद्योगिक क्षेत्र बन्ने कुरालाई ?

हुन त कुरा चलेको यति छिटै बन्यो भने त्यो क्षेत्रका नेताले कुन नारा लगाएर चुनाव जित्लान फेरी ? त्यसैले देखाउने र भाषण गर्ने मसलामात्रै हो यो त । जबसम्म बिकास नामको हड्डी देखाएर जनता नामक जीवलाई भ्रमित पार्न सकिन्छ तबसम्म आशा गर्ने सबै हामी मूर्ख नै हांै । आफु सत्तामा हुने बेलासम्म कसैलाई बिकास चाहिँदैनm जब सत्ता बाहिर हुन्छन तबमात्र चाहिन्छ बिकास त । किनकि नेपालको चलनमा सत्ता बाहिर हुँदामात्र बिकास चाहिने परिपाटी जुन छ ।

त्यो अहिले नै कहाँ परिवर्तन हुनु र त्यसो भए त अनांैठो भैहाल्छ । त्यो अनौठो ईतिहाँस बनाउनेवालामा छैनन हाम्रा नेताहरु । यिनिहरु त बस मासु देखाएर हड्डीले ठहरै हुनेगरी हिर्काउने हुन । न कि त्यो मासु दिन्छन त्यहि हो बास्तविकता । यहाँ त खाली बच्चा जन्मदा राजनीति, ब्रतबन्धमा, राजनीति, पास्नीमा राजनीति, मृत्युकर्ममा समेत राजनीति गरेर बानी परेका नेताहरुले कहाँ सोच्न भ्याउँछन ? कहाँ गर्न चाहन्छन आम नागरिक सक्षम हुने कार्यक्रम ? यिनिहरु त नागरिकलाई संधैं हलि र आफु सधैं हलिका मालिक बन्ने सपना देख्छन र त्यही व्यवहार गर्छन । एउटा पार्टीको ले गरिहाल्छ क्यारे भन्ने भयो भने अर्कोले जस लिने भो भनेर अर्को पार्टीवाला पख् गर्लास् भनेर बसेका हुन्छन् अनि हुन्छ बिकास ?

अपराध र भ्रष्ट कर्मको पर्यायवाची शव्द नै सत्ता सञ्चालक र नेता भएको छ ? जन्मिउन न कोही त त्यसो होईन है भनेर कोही नजन्मिने भए । खाली खनेकै बाटो सजिलो हिड्ने भए । हुन त एक्लै गन्तव्य भएको तर डोरेटो पनि नभएको बाटो हिड्ने योजनाका साथ गएकै हुँदैनन राजनीतिमा त कसरी आँटुन एकदुइले पनि मन बदलेर होस् सजिलै हिड्ने हो अब त यत्तिको पदमा पुगेपछि भन्छन कहाँबाट होस् त बिकास ?
प्रादेशिक औद्योगिक क्षेत्र बनेको भए घरेलु तथा साना उधोग, मझौला उधोगकै रुपमै पनि सञ्चालन भएका उद्योगहरु त्यहाँ चल्थे जसले गर्दा उद्योगको बजारिकरणमा पनि मद्धत पुथ्यो ।

रोजगारिको अवसर सिर्जना गर्नमा मद्दत पुथ्यो । काम नपाएर विदेश जान खोज्नेहरुले यहिँ रोजगारी पाउँथे भने हजाराँै हजार मान्छे स्वरोजगार समेत बन्थे । यहाँको सुकाएको सिस्नो युरोप, अमेरिका लगायतका देशमा बिक्रि गरेर डलर देश भित्रिन्थ्यो । कोदो, मकै लगायतका खाद्य पदार्थलाई ब्राण्डिङ गरेर हामी बिश्व बजारमा यसको निर्यात गर्थे उद्योगीहरु । जुम्लाका स्याउ र स्याउबाट बन्ने विभिन्न भेराईटीहरुले डलरमा आम्दानी गर्ने आधार समेत तयार गथ्र्यो प्रादेशिक औद्योगिक क्षेत्रले । लाँै छिटो बनोस् है प्रदेश औद्योगिक क्षेत्र ।

सम्पादकीय: कहिले बन्छ प्रादेशिक औद्योगिक क्षेत्र ?

लुम्बिनी–रारा–मुगु सडक कामको कति अघि बढ्यो

This will close in 0 seconds