तेस्रो राष्ट्रपति रनिङ शिल्डको दोस्रो पटकको विजेता प्रभाकर मावि

सल्यान बनगाड कुपिण्डे नगरपालिकाको नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा १२ स्वर्ण सहित प्रभाकर मावि देवस्थलले दोस्रो पटक शिल्ड हात पारेको छ ।
त्यसै गरि शिल्डको ५ स्वर्ण सहित कृष्ण बोर्डिङ दोस्रो स्थानमा रहेको छ । मात्रै एक मात्र रजतले कृष्ण बोर्डिङ स्कुल देवस्थलले च्युरालाइ पछि पर्दै दोस्रो स्थानमा आएको छ । विभिन्न पदक ल्याउने विद्यालयलाइ नगर प्रमुख कर्ण वहादुर वुढाथोकि,प्रमुख प्रशासकिय अधिकृत जगत वहादुर घर्ती र अन्य जनप्रतिनिधिहरुले मेडल सहित प्रमाणपत्र वितरण गरेको जनाएको छ ।
प्रभाकर मावि देवस्थल स्वर्ण १२ कास्य ८, रजत १० ,कृष्ण बोर्डिङ स्कुल ५ स्वर्ण कास्य २,रजत ६ सहित दोस्रो भएको छ ,त्रिभुवन जनता मावि स्वर्ण ५ कास्य ५ रजत ६ सहित तेस्रो भएको छ ।
कृष्ण बोर्डिङ स्कुल स्वर्ण ५ कास्य २ रजत ७ ,लङग्रिनको स्वर्ण ३ कास्य ४,मुक्ति मावि स्वर्ण १, कास्य १ रजत ४,नवजोति मावि स्वर्ण २ ,रजत १,कृष्ण मावि स्वर्ण २,रजत १,सिद्धेश्वरि मावि कास्य ३ रजत २, महेन्द्र मावि आँपचौर,कास्य २ रजत १,प्रतिभा मावि जयतपानि कास्य १ रजत १ रहेको खेलकुद विकास समितिका अध्यक्ष रिमवहादुर विष्टले जनाए ।
तेस्रो राष्ट्रपति रनिङ शिल्डको अन्तिम दिन फर्जी विद्यार्थी रहेको आंशकामा खेल अवरुद्ध वन्यो । अन्नत ३ दिनेसम्म चल्ने भनिएता पनि सो खेल ४ दिनसम्म पुग्न गएको आयोजकको भनाइ रहेको छ ।





