शिक्षा क्षेत्र सुधारका लागि सहयात्रा परियोजना सञ्चालन

शिक्षा क्षेत्रमा सुधार गर्नको लागि दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा सहयात्रा तेस्रो परियोजना सञ्चालन गरिएको छ । शतप्रतिशत विद्यार्थी भर्नालाई नियमितता दिने, अपाङ्गता भएका बालबालिकाका लागि घरमै शिक्षा दिने, शैक्षिक छात्रबृत्ति शैक्षिक सामाग्री, बसाईलाई व्यवस्थित गर्ने र शिक्षा क्षेत्रमा सुधार ल्याउन परियोजना सञ्चालन गरिएको हो ।

परियोजना र पालिकाले गुणस्तर पढाईका लागि नगर प्रमुख छात्रबृत्ति कोषमार्फत गरिवीका कारण विद्यालय जान नसक्ने बालबालिका लागि सहयोग गरेर विद्यालय गई शिक्षा हाँसिल गर्न सहयोग पु¥याउने चामुण्डाविन्द्रासैनी नगरपालिकाका स्रोत शिक्षक तेजबहादुर शाहीले बताए ।

कुनै पनि बालबालिका गरिबिले पढाईबाट बञ्चित नहोस भन्नका लागि पालिकाले शिक्षा नीति बनाएर अगाडी बढेको छ । ‘यसमा परियोजनाले थप सहयोग गर्ने भएकाले अब गरिवीका कारण मैले पढन पाएन भनेर पछुतो मान्नु पर्ने समस्या समाधान हुन्छ ।

कोही विद्यालय भर्नामा छुटेका भए नजिकका अभिभावकले पालिकालाई जानकारी दिनुहोला । गरिवीका कारण पढाई बञ्चित नहोस भन्नका लागि पालिकाले नगर प्रमुख छात्रबृति कोष बनाएको छ’ उनले भने ।

सहयात्रा परियोजना कार्यक्रम यो गैरसरकारी संघ संस्थाको कार्यक्रम नभएर पालिकाकै कार्यक्रम भएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । यो परियोजनाले पालिकाले बनाउने नीति, नियम र ऐन भित्र रहेर काम गर्ने भएकोले यो पालिकाकै कार्यक्रम भएको दावी गरे । उनले भने, बाल संरक्षण, बालअधिकार, बाल सासन शिक्षा क्षेत्रमा काम गर्ने योजना पालिकाले बनाएकाले यो पालिकाकै योजना हो, छुटटै योजना नभएको जानकारी दिए ।

‘हामीले पालिकाले ल्याएको योजनालाई सहयोग गर्न मात्र आएका हौ । हाम्रो काम भनेको नीति नियमको बनेको कार्यान्वयन गर्ने हो,नीति नियम बनेको छैन भने वनाउन सहयोग गर्ने हो’ उनले थपे ।

परिचयात्मक कार्यक्रममा सोसेक नेपाल र सहयात्रा परियोजनाको बारे जानकारी दिँदै सहयात्रा परियोजनाका कार्यक्रम निर्देशक नवराज विसीले पालिकाका विभिन्न शाखाले सहयोग गरे मात्र परियोजनाको लक्ष्य पुरा बाल समृद्धि आउने बताए ।

उनले भने, ‘शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि विद्यार्थी, अभिभावक र शिक्षकको उतिकै भुमिका हुन्छ । विद्यालय सुधार गर्न हामीले अपनत्व भावनाको विकास गर्नुपर्छ, अनि मात्र सार्वजनिक संस्था र स्थललाई सुधार गर्न सकिन्छ ।’

स्थानीय सरकार, नागरिक समाजमा क्षमता विकास गरेर बालबालिकाका विभिन्न विषय बस्तु कसरी पुरा गर्न सकिन्छ । कुनै पनि बालबालिका विद्यालय जान छुटेका छैनन् । गरिवी, हिंसा, वेवास्ता कारणले पछि छैनन भनेर कार्यक्रम समेटने गरेको बताए ।

बाल संरक्षण क्षेत्र, बाल सासन यो कार्यक्रमको राहत र सहयोग होइन, साझेदारी गरेर अगाडी बढन सहकार्य गर्छ । पालिकाका सबै विद्यालय, वडा, स्वास्थ्य संस्थासँग मिलेर काम गर्छ । १८ बर्षमुनिका बालबालिकालाई समेट्छ । यसको लागि पालिकाको तर्फबाट सक्रियता, सहभागिता, समझदारिता, आवश्यकता सिकाई अवसर बनोस’ विसी थपे ।

कार्यक्रम समापन गर्दै चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीले पालिकाले महिला र बालबालिका बारे नीति कार्यविधि, ऐन बनाए पनि परिपूर्ण नभएको बताए ।

पालिकामा विद्यालय भवन भएपनि बालविकास केन्द्रमा विद्यालयको पढाईमा गुणस्तर नभएको, शिक्षकमा क्षमता अभिवृद्धि नभएको महिला र बालबालिकाको हितमा यो परियोजनाले सञ्चालनले गर्दा महत्वपूर्ण अवसर मिलेको बताए ।

शिक्षा क्षेत्र नै ओझेलमा परेपछि सर्वाङ्गीण विकास गर्न सकिँदैन । बालबालिका पढाईबाट बञ्चित नहोस भनेर विद्यालयमा आई नपुग्ने अपांग बालबालिकालाई घरमै गएर पढाउने कार्यक्रमको लक्ष्य भएकोले यसले झनै महत्वपूर्ण भूमिका खेल्नेछ । नगरपालिकामा कुनै पनि बालबालिका पढाईबाट बञ्चित हुनुपर्ने छैन ।

सहयात्रा परियोजनाको काम गुराँस गाउँपालिकामा सफल भएपछि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समेत आफ्नो नीति कार्यक्रममा राखेर अनुसरण गरेको छ उनले भने ।

सोसेक नेपाल सहयात्रा परियोजनाले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा चामुण्डाविन्द्रासैनी नगरपालिकामा पाँच बर्षसम्मको अवधिमा चार करोड ९१ लाख, किरण परियोजनाले ९ लाख ५० हजार र पहिलो कदम कार्यक्रमले ५६ लाख १४ हजार २९२ रुपैयाँ महिला बालबालिका, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने लगानी गर्ने भएको सोसेक नेपाल दैलेखले जनाएको छ ।

शिक्षा क्षेत्र सुधारका लागि सहयात्रा परियोजना सञ्चालन

बुधबारदेखी औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता-२०८१ हुँदै

शिक्षा क्षेत्र सुधारका लागि सहयात्रा परियोजना सञ्चालन

कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव