कर्णाली सरकारका ५ मन्त्रीसहित एक राज्यमन्त्रीले लिए सपथ

कर्णाली सरकारले तीन सातापछि पूर्णता पाएको छ । २७ चैतमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले २१ औ दिनमा मंगलबार मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् ।

मुख्यमन्त्री कँडेलको सिफारिसमा ५ मन्त्री र एक राजमन्त्रीले प्रदेश प्रमखु तिलक परियार समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । जसमा माओवादीका तीन र एमाबाट दुई मन्त्रीसहित एक राज्यमन्त्री छन् ।

माओवादीबाट बिनाविभागिय मन्त्रीका रुपमा रनसिंह परियारले सपथ लिइसकेका छन् । उनलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीकाे जिम्मेवारी दिइएकाे छ । आठ मन्त्रालय रहेको कर्णालीमा सत्ता साझेदार दल माओवादीले चार र एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमती भएको थियो ।

जसमा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गहादुर रावतले पद तथा गोपनियताका सपथ ग्रहण गरेका हुन् ।

यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा, र भाैतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विश्वकर्माले सपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनाेदकुमार शाहले भने सपथ ग्रहण बहिष्कार गरेका छन् । उनले भाैतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नदिएकाे भन्दै सपथ ग्रहण वहिस्कार गरेका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्री भने मुख्यमन्त्री कँडेल आफैले राखेका छन् ।

कर्णाली सरकारका ५ मन्त्रीसहित एक राज्यमन्त्रीले लिए सपथ

मनोसामाजिक अपाङ्गताको विषयमा बजेट बिनियोजन गरिदिन १३