सम्पादकीय : देशभित्र अवसर नभएको की जाँगर ?

हाम्रो देशमा अवसर छैन बेरोजगार भयौं या छौं भन्नेको जमात ठूलै छ । कसैले संसारकै उत्कृष्ट अवसर लिएका छन् भने कोही डिग्रीको सर्टिफिकेट सो गर्दै हामी बेरोजगार छौं भनेर कुदेका छन् । शहरमा काम छ की भनेर भौतारिनेको सङ्ख्या पनि थुप्रै छन् । यसका अलावा जागीर खोज्नेहरुले सिधै सोध्छन यहाँ काम छ ? मलाई काम चाहिएको थियो कुरा हुँदै जान्छ रोजगारदाता सोध्छ सिप के छ नी ? के के गर्न पर्छ यहाँ कस्तो काम गर्नपर्छ ? तलव कति हुन्छ ? कति समय काम गर्नुपर्छ ? कतिदिन बिदा हुन्छ ?
यसरी जागीर खोज्न जानेले सोधेका सबै प्रश्नको एकएक उत्तर दिँदै जाँदा रोजगारदाताले भन्छ कम्प्यूटर चलाउन आउँछ ? मार्केटीङको ज्ञान छ ? कति पढ्नुभाछ ? मेसिन चलाउने अवसर दिन्छु सिकाउने मान्छेसम्म दिन्छु सिक्नुहुन्छ ? यसरी अन्तर्वार्ताका क्रममा मेसिन नाई अरु केही काम छैन ? बेसिक कम्प्यूटर कोर्ष गरेको पहिले नै बिर्सिसके त्यो त ।
अलि अफिस भित्र बसेर १८÷२० हजार दिनमिल्ने केही काम छैन ? सोध्छ उ मलाई त्यति नभए त हुन्न । यसरी सम्वाद हुँदै जाँदा शैक्षिक योग्यता कति ? व्याचलर पास या त डिग्री पास कुरा नर्मली हुन्छ के छ नी सिप भनेर सबै कुरा गर्दै जाँदा उसले भन्छ म व्याचलर पास गरेछु बेसिक कम्प्यूटर कोर्ष पनि गरेछु । जसकोमा रोजगारी माग्न गाछ उसले ल तपाईलाई कस्तो खालको काम चाहिएको के के सिप छ सुविधा के के चाहिने सबै खुलाएर निवेदन लेख्नुस् न त भन्दा उ जावो काम खोज्न आको भनेर हेपेको किन लेख्ने निवेदन काम छ भने दिनुस नभए ठूलो कुरा नगर्नुुस । उ निस्कन्छ त्यहाँबाट ।
त्यहि व्यक्ति घरमा ऋण खोजीवरी खाडी जान तयार हुन्छ र जान्छ पनि जहाँ ५० डिग्रीको तापक्रममा दिनको १८÷२० घण्टा काम गरेर पनि घरको ऋण तिर्न नसकेर आत्महत्या गरेका घटना सञ्चार माध्यममा सुन्न पाईन्छ । के नेपालमा सम्भावना नभएकै हो त ? के नेपाली बास्तवमै बेरोजगार नै हो त ? देशमा गरिखाने अवस्था नभएकै हो त ? काम नगरिकनै पनि खान पुग्ने संसारका कम देशमध्येको देश होला नेपाल जहाँ काम नगरेपनि भोकै मरेको आजसम्म रेकर्ड छैन । विश्वमहामारीको रुपमा रहेको कोरोनाकालमा विश्वका कयौं देशमा रोजगारी गुमेर÷नपाएर मान्छे बाँच्नसम्म गाह्रो भयो तर नेपालमा खासै कसैलाई खानै नपाएर मर्ने अवस्था रहेन । तर सम्भावना देख्दैनन युवा नेपालमा रोजगारिको सम्भावना नभएको की जाँगर नभएको होला ?
विश्वको शक्तिशाली राष्ट्रमध्येको एक हो हाम्रो छिमेकी देश भारत जहाँको दक्ष जनशक्तिले नेपालमा भएका उद्योगधन्दा चलेका छन् । त्यो काम गर्न नेपालीलाई के ले छेक्यो ? लाखौ पारिश्रमिक दिएर बाहिरका देशका मान्छेलाई रोजगारी दिने उद्योगले नेपालीलाई रोजगारी नदिएकै होला त ? विदेशीले समेत अवसर देखेको नेपालमा नेपालीले किन गरिखान सक्ने सम्भावना देखेन ? हाम्रो शिक्षा प्रणालीको कमजोरी हो पहिलो कारण जसले शारीरिक श्रमप्रति अपनत्व होईन की घृणा गर्न सिकाएको छ ।
परीक्षामा उत्कृष्ट अंक चाहिन्छ तर व्यवहार शुन्य हुन्छन उनीहरु के काम डिग्रीको सर्टिफिकेटको खोस्टो छ तर निवेदन लेख्ने ढंग छैन । शैक्षिक डकुप्मेन्टमा उत्कृष्टता हाँसिल गरेको छ तर भात पकाउन आउँदैन, आफुले खाएको थाल धुने ढंग छैन, आफुले लगाएका कपडा धुँदा लाज हुन्छ भनेर सिकाउने शिक्षाको काम छैन अब आधारभूत शिक्षा हाँसिल गरेपछी व्यक्तिको क्षमता बुझेर व्यवहारीक शिक्षा, अभ्यास जबसम्म दिईदैन तवसम्म देशमा सम्भावना देख्ने आँखाहरुमा रतन्धो लागिरहन्छ ।






