खलंगामा कृषि, पर्यटन, व्यापार महोत्सव सुरु

जुम्लाको सदरमुकाम खलंगामा कृषि, पर्यटन, प्रथम बृहत व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । संघीय सांसद विनिता कठायतले महोत्सव उद्घाटन गरिन् । बृहत् महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउनुका साथै कला संस्कृतिको प्रर्बद्धनमा टेवा पुराउने उल्लेख गरिन् ।

उनले भनिन् झमनोरञ्जन सँगै भाषा संस्कृतिको संरक्षण पनि हुनेछ । राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान जुम्लाको आयोजना र एके इभेन्ट बहुद्धेशीय प्रालि सुर्खेतको सहयोगमा यही वैशाख १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवबाट जुम्ला आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, उर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचारप्रसार गर्ने र कला र संस्कृतिका माध्यमबाट कर्णालीको सुन्दरता चिनाउने लक्ष्य राखिएको छ ।

कर्णालीको कृषि क्षेत्रको पहिचान गरेर पर्यटकहरु भित्र्याउने उदेश्य हो।महोत्सवअवधिभर फलफुलहरुमा स्याउ ओखर, बालीहरुमा मार्सीधान, मार्सी चामल, चिनो, कागुनो, फापर, सिमीको स्टलहरु राखिएको छ । कपडाहरुमा परम्परागत राडीपाखीहरु, खरायोका टोपीहरुको स्टल छन् । बजारमा अधिक माग भएपनि मुल्य पाउन नसकेको कृषि जन्य बस्तुको बजारीकरणको लागि पनि महोत्सवले सहयोग गर्ने जुम्ली किसानहरु बताउँछन् ।

उत्पादन वृद्धिसंगै कृषि क्षेत्रको महत्व प्रचारप्रसार गर्नका लागि बृहत् कृषि पर्यटन सांस्कृतिक महोत्सव हुन लागेको राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले बताए । उनले भने, ‘महोत्सवमा स्थानीय देखि राष्ट्य चर्चित कलाकारहरुको प्रस्तुति छन ।

कृषि पर्यटन प्रवर्द्धन र स्थानीय कलाकारको खोजीका लागि महोत्सव सञ्चालन गर्न अध्यक्ष बुढथापाले बताए । महोत्सवमा विभिन्न ५०÷६० स्टल बुक भइसकेका छन् । भने ८०÷९० वटा जम्मा स्टल छन् । महोत्सवमा प्रवेश शुल्क सर्वसाधारणलाई १ सय ५० रुपैयाँ, विद्यार्थीलाई कार्ड देखाएमा १ सय, र अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कार्डका आधारमा निःशुल्क तोकिएको आयोजकले जनाएको छ ।

प्रतिस्टललाई प्रतिदिन एक हजार रुपैयाँका दरले शुल्क निधारण गरिएको छ । ‘लोक, कला संस्कृतिको संरक्षण, रूपान्तरण, समुद्री हाम्रो अभियान कृषि संस्कृति र संस्कार हाम्रो पहिचान कृषि पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नारा छ । महोत्सवमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहयोगमा हेल्थ डेस्क राखिनेछ । यस्तै महोत्सवकै अवसरमा जुम्लाको नयाँ प्रतिभा पहिचान पनि गरिने छ । जस अन्तरर्गत महोत्सवमा देउडा,दोहोरी,एकल नाँच प्रतियोगिता गरिने लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव विश्वराज खत्रीले बताए ।

उत्कृष्ट हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार जुम्ला आउने छन् । प्रत्येक दिन दुईजना राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । स्थानीय कलाकारलाई पनि विशेष प्राथमिकता दिइने आयोजक लोकदोहारी गीत प्रतिष्ठान शाखा जुम्लाले जनाएको छ ।

खलंगामा कृषि, पर्यटन, व्यापार महोत्सव सुरु

कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

खलंगामा कृषि, पर्यटन, व्यापार महोत्सव सुरु

जुम्लाका युवा गाउँ शून्य गरि यार्सा टिप्न