सम्पादकीय: पानी, खानी र खनिजबाट कर्णालीको समृद्धि

कर्णाली प्रदेशको दैलेख जिल्लामा सदिऔंदेखि ज्वाला बल्दै आएका श्रीस्थान,नाभिस्थान र पादुका भन्ने ठाउँ छन् । जसलाई हिन्दुधर्मावलम्बिहरुको पवित्र स्थलको रुपमा पुजा अर्चना समेत गर्दै आइरहेका छन् । यि ठाउँहरुमा परापूर्वकालदेखि नै आफै बत्ती बलिरहन्छ । एकनासले कहिल्यै निभ्दैन यहाँको बत्ती भनेर भन्छन बुढा पुराना मान्छेहरु । यो स्थानमा धेरै टाढाटाढाबाट दर्शन गर्न समेत श्रद्धालु भक्तजनहरु आईरहन्छन । नजिकका जिल्ला लगायत धेरै टाढाबाट समेत आफ्ना दिवंगत आफन्तहरुको अस्तु सेलाउन गएमा ति आफ्न्तको स्वर्गवास हुन्छ भन्ने मान्यता समेत रहँदै आएको छ । यसलाई परापूर्वकालदेखि धर्मसंग जोडेर हेरेतापनि पछिल्लो चरणमा भने यसको वैज्ञानिक तरिकाले अनुसन्धान भैरहेको छ ।

सदियौंदेखि निरन्तर ज्वाला बलिरहने यि ठाउँहरुका दैवि शक्ति रहको विश्वासका साथ मानिसहरु यहाँ पुजा अर्चना गर्थे । अझै पनि त्यो आस्था र जनविश्वास छ । हाल केहि बर्षदेखि भने यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको छ । यही अनुमानसहित सरकारले चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा त्यहाँ सर्वेक्षणको काम गरिरहेको छ । तीन चरणको अनुसन्धान अन्तर्गत अहिले अन्तिम चरणको काम धमाधम भैरहेको छ ।

भैरवी गा.पा.–१, जलजलेका १५ घरधुरीको ४५ रोपनि जग्गा अधिग्रहण गरेर ड्रिलिङको काम भैरहेको छ । यो अनुसन्धानको अन्तिम पाटो हो । यसबाट पेट्रोलियम पदार्थ रहेको÷नरहेको पत्ता लाग्नेछ । यसको आधारमा छ भने के कति मात्रामा छ ? कसरी उत्खनन गर्न सकिन्छ? लगायतका कुराहरुको अनुसन्धान पश्चात सरकारले के गर्ने अनि कसरी गर्ने भन्ने टुङ्गोमा पुग्नेछ ।

अब आउँदै गरेको मेसिन कुन बाटोमार्फत त्यहाँ पु¥याउने भन्ने चुनौतिको बिषय रहेको छ । अनुसन्धानको पहिलो चरणको अन्तिम, महत्वपूर्ण र कठिन काम हो ? सडक सञ्जाल, भौगोलिक विकटता, आवश्यक मेसिन औजार लगायतका हिसावले पनि यो कठिन देखिन्छ । यहाँ पेट्रोलियम पदार्थ रहको आधिकारिक पुष्टि नभएता पनि सदियौंदेखि त्यहाँ एकनासले ज्वाला बलिरहेको अनुसार त्यहाँ कुनै न कुनै ज्वलनशिल पदार्थ छ ।

त्यो के हो भन्ने त अनुसन्धान समापन पश्च्यात नै हुने छ । बाटोघाटो सहज भएको भए छिटो समयमै यसको अनुसन्धानको निष्कर्ष आउथ्यो । यदि रहेछ भने कसरी उत्खनन गर्ने भन्ने योजना बनाउन सजिलो हुनेथियो ।सबै काम सम्पन्न गर्न ५ महिना जति समय लाग्ने भएपनि श्रोत साधनको सहज उपलब्धता नहँुदा काम गर्न ढिलाई हुन सक्ने देखिन्छ ।

कर्णालीका पहाडमा रहेका पत्थर,शिलाजित, यार्सा, खनिज खानी, खोला, नाला नै त हुन यस प्रदेश लगायत सरकारका आर्थिक श्रोतहरु ।यसलाई जतिसक्यो छिटो अनुसन्धान गरेर सहज नियम, कानुन बनाएर उत्खनन गरी निर्यात गर्न सकेमा राष्ट्रको आर्थिक विकासमा मद्दत पुग्छ । यि र यस्तै थुप्रै देशभित्र रहेका सम्भावनाको खोजी गरेर राष्ट्रिय आय बृद्धिमा ध्यान पुगाउनु अहिलेको प्रमुख आवश्यकता हो ।

यसरी जल, जंगल र जमिनमा रहेका आर्थिक बृद्धिका श्रोतहरु खोजेर अर्थतन्त्र बलियो बनाउनु पर्छ । कर्णालीका विभिन्न जिल्ला तथा स्थानहरुमा रहेका पानी, खानी र खनिज पदार्थको समयमै पहिचान गरेर उत्खनन गरेर प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । यदि कर्णालीको पानी मात्रै बहुउपयोगी बनाउन सकेको खण्डमा प्रदेश मात्र होइन समग्र देशकै आयस्रोत बन्न सक्ने क्षमता कर्णालीसंग छ ।

आफ्नो देशमा रहेका चिज बस्तु उत्खनन, बिक्रि वितरण गर्न नसकेर त्यहि बस्तु महङ्गोमा खरिद गरेर उपभोग गर्न बाध्य छन् नेपालीहरु । सुनमाथी सुतेर नुनको अभाव झेलिरहेको छ कर्णालीले त झन । सबैचिजबाट पछाडी रहेको कर्णाली बिकासको पहिलो एक सेतु बन्छ, यो उत्खननको काम सफल भएर खानी रहेको पुष्टि भएमा ।

त्यसैले यसको अनुसन्धानमा ढिला गर्ने र असर गर्ने कुनैपनि सर्त स्विकार नगरी उत्खननको कामलाई अगाढी बढाउनुपर्छ । एउटा सफलता प्राप्त गरेमा थप कार्यमा सफलता खोज्दै अन्य आर्थिक उपार्जनका श्रोतहरुको खोजी कार्य अगाडी बढाउन सहज हुन्छ ।

सम्पादकीय: पानी, खानी र खनिजबाट कर्णालीको समृद्धि

शनिबार राति गोली चलाउँने ४ जना पक्राउ

सम्पादकीय: पानी, खानी र खनिजबाट कर्णालीको समृद्धि

आयोगले बाँडेका पुर्जामा नापी अधिकृतको असहयोग