स्वास्थ्यमा पहुँच बढ्दा घोडाघोडीका नागरिक खुशी


प्रकाश मिश्र ।
कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालबाट प्राप्त सेवाले स्वास्थ्यमा आफूहरूको पहुँच बढेको भन्दै नगरवासीले खुसी व्यक्त गरेका छन् ।

कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिकाले १५ शैयाको नगर अस्पताल सञ्चालन गरेर अहिले तीन जना एमबिबिएस डाक्टरसहित नर्सिङ हेल्थ असिस्टेन्ट, नर्स, अहेव, अनमी, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र नगर एम्बुलेन्स, प्रयोगशाला, २४ सै घण्टा प्रसूति सेवा लगायत आकस्मिक सेवा सञ्चालन गरेर सेवा प्रदान गर्न थालेपछि स्थानीय हर्षित भएका हुन् ।

सामान्य उपचारका लागी टाढा टाढा धाउनुपर्ने तथा आर्थिक ब्यवस्थापनको ठुलो समस्या बाट गुज्रिरहेका स्थानीयले नगर अस्पताल सञ्चालनपछि छुटकारा पाएको बताएका छन् । नगर अस्पताल स्थापनापछी आर्थिक अभावमा सामान्य रोगको उपचार गर्न नपाएर अकालमा मृत्यु वरण गर्नुपर्ने, उपचार नपाएर थलिनुपर्ने अवस्थाको अन्त्य भएको घोडाघोडी नगरपालिका–२ की सरिता चौधरी बताउँछिन् ।

‘नगर अस्पताल सञ्चालनमा आएपछि धेरै नागरिकलाई सहज भएको छ, पहिले हजारौँ पैसा खर्च गरेर टाढाका अस्पताल तथा निजी अस्पतालमा पुग्न बाध्य थियौ, अहिले सहज रूपमा पालिकाले सञ्चालन नजिककै अस्पतालबाट सेवा लिन पाएका छौ’ घोडाघोडी–८ का राम बोहराले बताए ।
स्थानीय राम विश्वकर्मा पनि नगर अस्पताल सञ्चालनमा आएपछि गरिब नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन थालेको बताउँछन् । बिक भन्छन्

“पहिले यहाँका जनताले नजिकमा उपचार गर्न नपाउँदा धेरै दुःख पाए, यहाँ सामान्य उपचार पनि हुँदैनथ्यो, जटिल किसिमका उपचार हुने कुरै भएन, बिरामीलाई टाढा लैजाँदै गर्दा कतिको बाटोमै ज्यान गयो, अहिले यहीँ उपचार हुन थाल्यो हामी खुसी छौ ।

विशेषज्ञ चिकित्सकसहित नगर अस्पताल सञ्चालन भएपछि बिरामीको चाप बढ्दै गएको नगर अस्पतालका डाक्टर हेमनाथ आचार्यले बताए । अहिले दैनिक ७० देखि एक सय पचास जनासम्म बहिरङ्ग (ओपिडी) मा सेवा लिन आउने गरेका छन् ।

नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १५ शय्याको सेवा सञ्चालन भएपछि बिरामीको चाप बढ्दै गएको नगर अस्पतालका डाक्टर हेमनाथ आचार्यले बताए । उनका अनुसार दैनिक ६० देखि एक सय तिस जनासम्म बहिरङ्ग (ओपिडी) मा सेवा लिन आउने गरेका छन् ।

सामान्य नागरिकले पनि सरकारको सेवा सुविधाको पहुँचमा पुग्ने सक्ने अवस्थाको सिर्जना गर्नु आफूहरूको प्रमुख दायित्व भएकोले प्रमुख प्राथमिकतामा राखेर अस्पताल मार्फत नागरिकहरूको स्वास्थ्यलाई ध्यान दिइएको नगर प्रमुख खडक रावतले बताए । स्थानीय नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउनुपर्छ भन्ने आफ्नो प्रमुख प्राथमिकता रहेको नगर प्रमुख रावतले बताए ।

स्वास्थ्यमा पहुँच बढ्दा घोडाघोडीका नागरिक खुशी

जुम्लाका १९ जना उद्योगीहरू पुरस्कृत