नेपाल पत्रकार महासंघ सुर्खेतले गर्यो आठ जना पत्रकारलाई पुरस्कृत


नेपाल पत्रकार महासंघ सुर्खेतको १२ औं अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ ।

यस्तै, नेपाल पत्रकार महासंघ सुर्खेतले आठ जना पत्रकारलाई पुरस्कृत गरेको छ । १२ औं अधिवेशन तथा साधारणसभाको अवसरमा महासंघले आठ जना पत्रकारलाई वर्षेनि वितरण गर्दै आएका पुरस्कार वितरण गरेको हो ।

जसमा वर्ष पुरस्कारमा कान्तिपुर टेलिभिजनका कमल पन्त, क्रियाशिल पत्रकारिता पुरस्कार शिलापत्र डटकमका ओम शाही, गोरखापत्र दैनिकका समाचारदाता नवीन सुवेदी, खानेपानी तथा सरसफाई पुरस्कार पहिलो प्रेस डटकमका शेरबहादुर थापा र सत्य पत्रिका डटकमका चन्द्रा कँडेल र स्व. नन्दु गेलाङ्ग पत्रकारिता पुरस्कारबाट रेडियो भेरीकी डिलु रावत पुरस्कृत भएका छन् ।

यस्तै, महासंघले प्रदान गर्दै आएको शान्ति तथा विकास पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका रमेश रावल र नेपाल टेलिभिजनका आकाशतारा बयक पुरस्कृत भएका थिए ।

महासंघको अधिवेशन तथा साधारणसभा उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकारहरू राष्ट्रको सच्चा पहरेदार रहेकाले निरन्तर खबरदारीमा लाग्नु पर्ने बताए । मुलुकमा आएको परिवर्तनको दुरुपयोगलाई रोक्न पत्रकारहरूले निरन्तर खबरदारी गर्नुपर्ने प्रदेश प्रमुख परियारको उनको भनाई थियो ।

प्रदेश प्रमुख परियारले समाजमा सुशासन कायम गर्दै लोकतन्त्रको रक्षा गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान हुने बताए । “नेपाल पत्रकार महासङ्घ श्रमजीवी पत्रकारहरुको छाता संस्था हो”, उनले भने, “यसले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझ भूमिका खेल्दै आएको छ । पत्रकार र सञ्चारमाध्यम नै राष्ट्रका सच्चा सहरेदार हुन् ।”

प्रदेश प्रमुख परियारले नीति, नेतृत्व र समग्र राज्यव्यवस्थालाई सही मार्गमा डो¥याउने, समाजमा भएका सकारात्मक विषय उठान गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न पत्रकारलाई अनुरोध गरे ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले लोकतन्त्र र सङ्घीयतामाथि भइरहेका टिप्पणीको विश्लेषण गर्दै कलमका माध्यमबाट यसको रक्षा एवं प्रवर्द्धनमा सहयोग पुर्याउन सुझाव दिए । लोकतन्त्रको विकल्प खोज्ने नभई यसको अभ्यास र कार्यान्वयनका क्षेत्रमा देखिएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने गरी पत्रकारले पृष्ठपोषण दिनुपर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल ठूलो चुनौती बन्दै गएको बताउँदै यसलाई आकर्षण थलो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले पत्रकारिता क्षेत्रले खेलेको सकारात्मक भूमिकाले नै मुलुकको समृद्धि र विकासमा सहयोग पुगेको बताए ।

साधारणसभामा आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, जिल्लास्थित प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, पेसागत सङ्गठनका केन्द्रीय, प्रदेश तथा जिल्लाका पदाधिकारी, महासङ्घका पूर्वअध्यक्षहरुलगायत करिब एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।

नेपाल पत्रकार महासंघ सुर्खेतले गर्यो आठ जना पत्रकारलाई पुरस्कृत

चार महिना भित्र पेट्रोलियम पदार्थको परिमाण पत्ता

नेपाल पत्रकार महासंघ सुर्खेतले गर्यो आठ जना पत्रकारलाई पुरस्कृत

YUGAAWHAN NATIONAL DAILY (2081-01-08)