महत्त्वपूर्ण निर्णय पास गर्दै हिउँदे गाउँ सभा सम्पन्न


विभिन्न विभेद, ऐन, कार्यविधि पास गर्दै सिम्ता गाउँपालिका सुर्खेतको हिउँदे गाउँसभा सम्पन्न भएको छ ।

१४ औं हिउँदे अधिवेशन पौष २२ गतेबाट सुरु माघ ३ गते समापन भएको थियो । गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गोमा शर्मा रेग्मि, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली र सभा सभाका सम्पूर्ण सदस्यहरुको उपस्थितिका विच सभाले केही ऐन कानुनी संसोधन तथा पास गरेको जनाएको छ ।

सभाले शिक्षा ऐन संशोधन विधेयक २०८०, वन व्यवस्थापन गर्न बनेको विधेयक ,भुमि व्यवस्थापन गर्न बनेको विधेयक ,आर्थिक ऐन संशोधन ,करार कर्मचारी अवकाश कोष व्यवस्थापन कार्यविधि २०८०, मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०८० ,विपन्न नागरिक पहिचान कार्यविधि २०८०,अव्यवस्थित बसोबास तथा भुमिहिन सुकुम्बासी व्यवस्थापन कार्यविधि २०८०, सिम्ता आधारभुत अस्पताल संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, छात्रवृत्ति कार्यविधी २०८०, अनुदान कार्यविधि संशोधन लगायत कार्यविधिहरु पारित गरेको गाउँपालिका अध्यक्ष ऐन वहादुर चन्दले जानकारी दिए ।

महत्त्वपूर्ण निर्णय पास गर्दै हिउँदे गाउँ सभा सम्पन्न

बनगाड कुपिण्डेको प्रशासकिय भवन उद्घाटन

महत्त्वपूर्ण निर्णय पास गर्दै हिउँदे गाउँ सभा सम्पन्न

सम्पादकीय: विकास खर्च : गफ धेरै भो,