हुम्लामा आफ्ना उम्मेदवारलाई धम्क्याइएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्ला जिल्ला सर्केगाड गाउँपालिको उपाध्यक्ष पदका उम्मेदवार सुजता थापालाई धम्क्याइएको र अपहरणको शैलीमा लछारपछार गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्भयपूर्वक चुनाव लड्न पाउने वातावरण नभएको भन्दै आइतबार आयोगमा उजुरी दिएका हुन् । ‘हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी श्री सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला हिजो मंसिर १ गते दिउँसो करिब १ बजे निज सुजाता थापा र उहाँको श्रीमान बल थापालाई करीब ४०÷४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लिएर गएको र त्यस लगत्तै गाउँमा खैलाबैला भएको थियो,’ रास्वपाले भनेको छ, ‘यो कुरा थाहा भए लगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण पाण्डेयलाई जानकारी गराइयो । प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताउनुभएको थियो ।’

असुरक्षाका कारण थापा उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको समेत रास्वपाले बताएको छ । त्यसमा नेपाली कांग्रेसको संलग्नता भएको आरोप समेत रास्वपाको छ । ‘स्थानीय स्रोतका अनुसार उक्त निन्दनीय कार्यमा स्थानीय नेपाली काँग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको छ,’ उजुरीमा भनिएको छ ।

त्यस्तै मधेश प्रदेशमा पनि आफ्ना उम्मेदवारहलाई धम्कि दिने काम भएको रास्वपाको दाबी छ ।

 

हुम्लामा आफ्ना उम्मेदवारलाई धम्क्याइएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी

कर्णालीलाई विकासको मुलधारमा ल्याउने अवसर