जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

शिखर नगरपालिका– ८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका– १ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ ।

ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ ।

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सात हजार बढीलाई आँखा उपचार सेवा