कालिकाेटमा प्रभु बैंककाे शाखा संचालन

कालिकाेटमा प्रभु बैंककाे शाखा संचालनमा आएकाे छ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आईतबार सदमुकाम मान्ममा ३०५ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गर्ने बैंककाे लक्ष रहेकाे छ ।

बैंकको यो अभियानले देश भरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको कालिकाेट शाखा प्रबन्धक दिलिप उपाध्याय जानकारी दिए ।

बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको शाखा प्रमुख उपाध्यायले बताए ।

प्रभु बैंकका नेपालभर ३०५ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत सेवा प्रवाह गर्दै आइरहेको प्रबन्धक उपाध्यायले बताएका छन् ।

कालिकाेटमा प्रभु बैंककाे शाखा संचालन

कर्णाली सरकारको बजेट ३१ अर्ब : प्राथमिकतामा

कालिकाेटमा प्रभु बैंककाे शाखा संचालन

YUGAAWHAN NATIONAL DAILY (2081-03-02)

This will close in 0 seconds