आँखा उपचारसम्बन्धि अभिमुखिकरण

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा महिला स्वास्थ्य स्वयंमसेविकालाई प्राथमिक आँखा उपचार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वयंमसेविकाहरुकालाई आँखा उपचार केन्द्रबाट हुने सेवा उपचारका विषयमा प्रशिक्षण गरिएको छ ।

वनगाड कुपिण्डे नगरपालिका देवस्थलको समन्वय, नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी देवस्थल उपशाखा सल्यान कर्णाली प्रदेशको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियोे ।

गाउँका मुख्य स्वास्थ्य क्षेत्रका संवाहक महिला स्वास्थ्य स्वयंमसेविकालाई आँखाका मुख्य समस्या र सुरक्षा तथा उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा नेत्र अधिकृत तथा विशेषज्ञ प्रेम दिक्षितले यावत प्राविधिक कुराहरूमा प्रशिक्षण गर्ने काम गरेका जनाएको छ ।

हाल देवस्थलमा रहेको आँखा उपचार केन्द्रबाट आँखाका विभिन्न समस्या उत्पन्न भएका नागरिकहरुको सफलतापूर्वक उपचारसँगै परामर्श सेवा दिने गरिएको छ । उक्त अभिमुखकरण कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर वुढाथोकी, प्रशासकिय अधिकृत जगत बहादुर घर्ती, वडा अध्यक्ष गणेश विसी, उपशाखा देवस्थलका सभापति पुष्कर विसी, नेत्र अधिकृत प्रेम दिक्षित, व्यवस्थापक धन वहादुर थापा र रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यको उपस्थिति रहेको थियोे । यो सहित रेडक्रसले वडाका विभिन्न टोल क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला स्वास्थ्य स्वयंमसेविलाई यस्तै खाले अभिमुखिकरण गर्दै आएको छ ।

आँखा उपचारसम्बन्धि अभिमुखिकरण

YUGAAWHAN NATIONAL DAILY (2081-03-01)

आँखा उपचारसम्बन्धि अभिमुखिकरण

भेरी नदीमा डुबेर दुई जना बेपत्ता