विमानस्थलमा जमेको फोहोर उठाइयो


सिमकोट विमानस्थलको सरसफाइ गरिएको छ । विमानस्थलको रन वे र एप्रोनमा निकै फोहोर जम्मा भएपछि त्यसलाई हटाउन बुधबार सरसफाइ गरिएको हो ।
निकै दुर्गन्धित र फोहोर जमेका कारण त्यसलाई सरसफाइ गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए ।
गाउँपालिकाको अगुवाइमा सरसफाइ गरिएको हो । उनले विमानस्थलको रन वेको छेउछाउ र एप्रोनभरि फोहोर जम्मा भएपछि त्यसलाई हटाउने कार्य भएको बताए ।
सिमकोट गाउँपालिका– ६ को मुग्राधाराबाट आउने फोहोर पानीसँग आउने फोहोर सिमकोट सिमकोट विमानस्थलको एप्रोन छेउमा निर्माण गरिएको ढल आएको फोहोर जम्मा भएर विमानस्थल दुर्गन्धितका साथै फोहोर हुने गरेको छ ।
ढल ओरालो भएका कारण एयरपोर्ट चोक क्षेत्रको फोहोर सिधै विमानस्थलका एप्रोनमा आउने गर्छ। विमानस्थलमा जम्मा भएको चार क्विन्टल फोहोर बोरामा जम्मा पारेर ट्र्याक्टरले डम्पिङ साइटसम्म ब्यवस्थापन गरिएको छ ।
त्यसपछि विमानस्थलमा आउने ढलको पनि सरसफाइ गरिएको छ । सरसफाइ अभियानपछि विमानस्थल सफा देखिएको छ । उनले यसले गर्दा जहिल्यै पनि विमानस्थल फोहोर हुने गरेको भन्दै त्यसको स्थानीय समस्या समाधान गर्न आवश्यक रहेको बताए ।
यसका लागि सेना, सशस्त्र प्रहरी, बिमानस्थल कर्मचारी, एयरलाइन्सका कर्मचारी, सिमकोट गाउँपालिकाका कर्मचारी, ब्यापारी संचारकर्मी, राजनीति दलका नेतालगायत सरसफाइ अभियानमा सहभागिता थियो ।






