नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिमा चौलागाईं नेतृत्व प्यानल निर्वाचित

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको निर्वाचनमा प्रेस युनियन नेपाल र प्रेस चौतारी नेपालको संयुक्त प्यानलनै निर्वाचित भएको छ। शुक्रऋषि चौलागाईंको नेतृत्वमा सम्पूर्ण प्यानल निर्वाचित भएको छ। नयाँ नेतृत्वले पत्रकारिताको मर्यादा, स्वतन्त्रता, र अधिकार सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

निर्वाचन परिणाम अनुसार, अध्यक्षमा शुक्रऋषि चौलागाईंले ५९९ मत प्राप्त गरी निर्वाचि भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रुद्र सुवेदीले ३९१ मत ल्याएका थिए । उपाध्यक्ष पदमा रामप्रसाद आचार्यले ६५६ मत ल्याएर निर्वाचित भए, भने उनका प्रतिद्वन्द्वी आशिष कुमार गुप्ता र जुमानसिङ केसीले क्रमशः १५० र १५५ मत पाप्त गरेका छन् । महिला उपाध्यक्षमा मिना ढकाल ६२१ मतसहित निर्वाचित भएका छन्, जहाँ निकटतम प्रतिद्वन्द्वी मेनका चौधरिले ३१२ मत प्राप्त गरे ।

महासचिव पदमा पाण्डव शर्माले ५१६ मतसहित निर्वाचित भए, भने उनका निकटतम प्रतिद्वन्दी डाक्टर धितालले ३३० र राजु खरालले १५० मत ल्याएका थिए । सचिव पदमा गोविन्दप्रसाद शर्मा निर्विरोध निर्वाचित भए । समावेशी सचिवमा सरला सुवेदीले ६०२ मतसहित निर्वाचित भएकी छन्, भने जबकि चिन्ता परियारले ३३२ मत पाएका थिए । कोषाध्यक्ष पदमा प्रेम नारायण आचार्यले ६४३ मत ल्याएर निर्वाचित भएका छन्, भने निकटतम प्रतिद्वन्द्वी दीपेश पराई बिष्टले २७१ मत ल्याएका छन् ।

सदस्य पदतर्फ, खुला सदस्यमा तेजेन्द्र केसी, निर्मल आचार्य, प्यार अली खान, बसन्त बन्जाडे, र हिमबहादुर घर्तिक्षेत्री निर्वाचित भएको छ । महिला सदस्यमा सबिता चौधरी, सरिता चौधरी थारु, र सिता पाण्डे निर्वाचित भएका छन्, भने दलित सदस्यमा दलबहादुर सुनार निर्वाचित भएका छन् । आदिवासी जनजाति सदस्यतर्फ दिलबहादुर गाहा र लिलाराज बुढामगर निर्वाचित भएका छन् । मधेसी सदस्यतर्फ ओमप्रकाश गुप्ता र देबबहादुर यादव निर्वाचित भएका छन् ।अल्पसंख्यक सदस्यमा रबिन्द्र यादव निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाईंले मतदाताप्रति आभार व्यक्त गर्दै पत्रकारहरूको हक अधिकार र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न पहिलो प्राथमिकता दिने बताए । महिला उपाध्यक्ष मिना ढकालले पत्रकारितामा महिलाको भूमिका थप सशक्त बनाउने प्रतिवद्धता जनाए ।

नयाँ नेतृत्वबाट पत्रकारिताको नैतिकता र अधिकार सुनिश्चित गर्दै क्षेत्रीय सञ्चारक्षेत्रलाई उचाइमा पुर्याउने विश्वास गरिएको छ ।