सम्पादकीय : काम एकातिर नगर प्रमुख भाम अर्कोतिर
२०८० चैत ३० गते मुगु जिल्ला सदरमुकामसमेत रहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामको गुणगानसहितको एउटा अनलाइनमा अन्तरवार्ता प्रकाशन भएको थियो । जसको शिर्षक थियो गरिबलाई निःशुल्क नुन दिन्छु र जग्गा बाँझो राखेमा कारबाही गर्छु । त्यसमा उनले आफ्ना कार्यहरुको बुट्टेदार रुमाल प्रस्तुत गरेका छन् । जहाँ सजाउनको लागि कुनै कसर बाँकी राखेका छैनन् उनले आफ्ना बारेमा । त्यसैगरी महालेखा नियन्त्रणको कार्यालयले उनले नेतृत्व गरेको छायाँनाथ रारा नगरपालिकाको बारेमा आफ्नो प्रतिवेदन प्रकाशन गरेको छ । जसमा उक्त नगरपालिकाका कर्तुतहरु लुकाउन मिल्ने बाहेकका यसरी सविस्तार प्रस्तुत भएका छन् । जसमा उनले आफ्ना विषयमा छपाएका कुरा÷दिएका गफहरु कति सत्य हुन कि भाम लगाका हुन था भैहाल्छ ।
महालेखाको प्रतिवेदन भन्छ जति यो गरेँ र त्यो गरेँ भनेर भाम लगाएको छ त्यो सरासर झुटलाई सत्य बनाउने स्टण्टबाजीमात्र हो । बरु बदमासीको कुन हदमा पुगेको छ नगरपालिका त्यसको चाँहि समिक्षा गरौं । सिधा हुने कामको अहिले कुरा नगरौं कुरा सुरु सार्वजनिक सूचना जारी गरेर टेण्डरमार्फत स्विकृत गर्ने टेण्डरमा समेत बदमासी गर्ने सम्भवत् पहिलो पालिका होला छायाँनाथ रारा नगरपालिका । कहिले बृक्षारोपण गरेर, कहिले सार्वजनिक कार्यमा श्रम गरेझैं गरेर चर्चामा आउनुपर्ने स्वभाव भएका व्यक्ति हुन नगर प्रमुख ।
तर त्यसरी अनेक थरी स्टन्ट गरेर पनि चर्चामा आउनुपर्ने स्वभावका नगर प्रमुखको प्रमुख काम नगरपालिकाको आन्तरिक प्रशासन नियन्त्रण प्रणाली भने उनको नियन्त्रणमा र संस्थागत रुपमा भद्रगोल छ किन भन्छ महालेखा । नगरपालिकाको आ.व. २०७९÷०८० मा भवन, सडक, खानेपानी लगायतका निर्माणका आयोजनाहरुमा समेत बदमासी गरेको महालेखाले भन्छ । कि सारभूत रुपमा प्रभावकारी देखिएको कम्पनिलाई स्विकृत नगरेर प्रिन्ट पछी अक्षर सानो पारेर, केरमेट पारेर पनि आफ्नो अनुकुलको फर्मलाई स्विकृत गरेर सरकारी सम्पत्ति दुरुपयोग गरेको कुरा उल्लेख गरेको छ । यसरी विचौलीयाको नाममा आफु मोटाउने गरेको छायाँनाथ रारा नगरपालिकामा देखिएको छ । उदाहरणको लागि ताल्चा स्वास्थ्य चौकीको भवन ३ फर्मको प्रतिस्पर्धा रहेको सो ठेक्कामा महेन्द्र कन्स्ट्रक्सनले उक्त काम २२ लाख ३४ हजार २०१ रुपैयाँमा गर्छु भनेर कबोल गरेको थियो तर ठेक्का त्यो भन्दा झण्डै ११ लाख बढी हालेको समी निर्माण सेवालाई किर्ते गरेर काम दिइयो । जसमा कम्प्यूटर प्रिन्ट हातले सच्याएर बदमासी गरेका छन् । अस्वीकृति हुनुपर्ने शव्दमा अ हटाएर, मेटेर स्वीकृति बनाएको यो उदाहरण हो र यसैगरी हरेक ठेक्कामा पालिकाले किर्ते गरेर सारभुत रुपमा अप्रभावी देखीएका कम्पनिलाई स्विकृत गरेको छ । १३२ जना करार कर्मचारी भर्ना गरेको छ । अयोग्यको अ काटेर योग्य बनाएको छ । मन्दिर जस्तो पवित्र स्थान निर्माणको क्रममा समेत जालझेल गर्ने यस्ता अपराधकर्मलाई त भगवानको कठोर सजाय पनि कम हुन्छ ।
किर्ते र जालसाजीको अर्को रुप देखियो नगर प्रमुख । न नियम संगत काम गर्नु छ न त भाम गर्न छोड्नु छ । उहि छोरी कुटेर बुहारी तर्साउने यो पाराले बन्छ त नगरपालिका ? सबैभन्दा पारदर्शी हुन्छ भनेर खुला टेण्डरको हालत यो भएपछी अरु सिधै खरिद, निर्माण र नियुक्तिको अवस्था के होला ? त्यो आम मानिसले आँकलन मात्र गर्ने हो महालेखाको प्रतिवेदनको आधारमा । प्रचार गजव छ भन्ने गर्नुपर्ने नगर प्रमुखलाई काम चाहीं खाली वदमासी, किर्ते र जालसाजी गर्ने मात्र रहेछ त ? नत्र त आफुलाई राम्रो गजब देखिनुपर्नेले काम भने सबै खतम मात्र किन गरेको होला त ? सरकारी कागजातमा बदमासी गर्ने कर्मचारीलाई कारवाही किन गर्न नसकेको ? कस्तो निकम्मा नेतृत्व बसेको वा नेतृत्वकै मिलेमतोमा सबै सम्भव भएको हो ?
यस सम्बन्धी समाचार :मुगु छायाँनाथ रारा नगरपालिकामा अधिकांश ठेक्का स्वीकृतिमा जालझेल





