जिप्रका कालिकोटको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय कालिकोटले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८१ सालको अवसरमा जिल्ला स्थित सम्पुर्ण पत्रकार तथा संचारकर्मीसंग भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटको सभाहलमा शुभकामना आदान प्रदान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीको अध्यक्षता तथा प्रहरी निरीक्षक (सुचना अधिकारी) पोषण थापा र पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको विशेष आथित्यतामा कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीले नयाँ वर्ष संगै आगामी दिनहरुमा शुख ,शान्ति छाओस भन्दै शान्ति सुरक्षामा जिल्ला प्रहरी कार्यालय सदैभ लागि रहेको बताएका छन् ।
उनले भने जिल्लाका स्थानीय तहहरुमा पनी नेपाल प्रहरीले विभिन्न कार्यक्रमको आयोजना गरी समुदाय स्तरमा सचेतना फैलाउने काम गरिरहेको पत्रकार भेटघाट कार्यक्रममा बताएका छन् । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा गरिएको हो ।





