नगरपालिका स्तरिय शिक्षा समुह पुनःगठन


खाँडाचक्र नगरपालिका स्तरिय शिक्षा समुह पुन गठन गरिएको छ । खाँडाचक्र नगरपालिकाका उप प्रमुख गणेश बहादुर शाहीको संयोजकत्वमा १६ सदस्यीय शिक्षा समुह गठन गरिएको हो ।

स्थानीय तह भित्रका विद्यालयमा शिक्षाको प्रभावकारीताका लागि शिक्षा विकास तथा समन्वय ईकाइ ,विद्यालय,विद्यालय व्यवस्थापन समिति संग समन्वय गर्ने शिक्षा समुहको मुख्य कार्य रहेको खाँडाचक्र नगरपालिकाका शिक्षा सम्पर्क व्यक्ति खडक बहादुर शाहीले बताए । उनका अनुसार स्थानीय तह भित्र विपदको समयमा शैक्षिक गतिविधी संचालनका लागि आवश्यक सहजिकरण गर्ने तथा विपदको समयमा सम्वन्धित निकायको समन्वयमा रही शिक्षण प्रशिक्षणका लागि आवश्यक सामाग्री संङकलन गर्ने यस शिक्षा समुहको कार्य रहको बताए ।

खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षा समुहका सदस्य प्रवलजंग शाहीले स्थानीय तहमा तहगतरुपमा शिक्षा क्षेत्रको निरन्तर सुधार गरी शैक्षिक उपलब्धी हासिल गर्नु यस शिक्षा समुहको लक्ष रहेको बताए ।
बाल विकास संयोजक मिसिरा शाहीका अनुसार खाँडाचक्र नगरपालिका भित्र रहेका सम्पुर्ण विद्यालयका बालवालिकाहरुको शैक्षिक गुणस्तर सुधार गर्न तथा आईपरेका विभिन्न अप्ठारा परिस्थीती लाई सहजै न्युनिरकण गर्न शिक्षा समुहले महत्वपुर्ण भुमिका खेल्ने बताइन् ।

खाँडाचक्र नगरपालिका शिक्षा शाखा प्रमुख जसि प्रसाद चौलागाँईले विद्यालय बाहिर रहेका बालवालिकाहरुलाई विद्यालय क्षेत्रको पहुँच पुगाउन शिक्षा समुहले काम गर्नुपर्ने बताएका छन् ।

शिक्षा समुहको पुनः गठन तथा अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले अति महत्वपुर्ण शिक्षा समुह रहेकाले नगरपालिकामा शिक्षा क्षेत्रका काममा सधैभर लागि पर्न आग्रह गरेका छन् । युनिसेफ नेपालको सहयोग,समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरण तथा खाँडाचक्र नगरपालिकाको सहकार्यमा कार्यक्रम भएको छ ।

नेपाल सरकारको निति अनुरुप शिक्षा समुह गठन गरेको स्याक नेपालका परेकलाल बुढाले बताए । बुढाका अनुसार समाज जागरण केन्द्र (स्याक ) नेपालले कर्णाली प्रदेशका १० जिल्लामा स्वास्थ्य,शिक्षा,जिविको पार्जनका क्षेत्रमा काम गदै आएको छ ।

खाँडाचक्र नगरपालिका स्तरिय शिक्षा समुहका पदाधिकारीहरु ः
गणेश बहादुर शाही संयोजक (नगर उप प्रमुख खाँडाचक्र नगरपालिका कालिकोट)
प्रवलजंग शाही सदस्य (प्रमुख प्रशासकिय अधिकृत खाँडाचक्र नगरपालिका)
रविन्द्र सेजुवाल सदस्य (स्वास्थ्य शाखा प्रमुख खाँडाचक्र नगरपालिका)
मनसिंह शाही सदस्य (विव्यस अध्यक्ष दुर्गा भवानी आधारभुत विद्यालय)
अनिपाल विक सदस्य (विव्यस अध्यक्ष भवानी आधारभुत विद्यालय)
छत्र बहादु शाही सदस्य (प्रधानाध्यापक जनज्योति मावि )
चन्द्र प्रसाद कोइरेला सदस्य ( प्रधानाध्यापक पंचदेव मावि)
भुपेन्द्र शाही सदस्य (संस्थागत प्रधानाध्यापक बाल विकास बोडिङ)
लक्षिराम विक (नेपाल रेकडक्र )
गणेश बहादुर रावल (युनिसेफ प्रतिनिधी
केशवराज देवकोटा सदस्य ( अपांग महासंघ प्रतिनिधी
हस्त चौलागाईं सदस्य (पत्रकार महासंघ प्रतिनिधी)
स्वीकृति पाण्डे सदस्य (सि एम सि नेपाल)
परेकलाल बुढा सदस्य (समाज जागरण केन्द्र)
जसि प्रसाद चौलागाईं सदस्य सचिव (शिक्षा शाखा प्रमुख)
मिठु शाही सदस्य (सेतो गुराँस)