आइएनफद्वारा अपांगताहरुको लागि घर घरमै शौचालय निर्माण


सिम्ता गाउँपालिका सुर्खेतमा आइ.एन.एफ साइनिङ द्वारा सञ्चालित समावेशी परियोजनाले अपांगता भएका व्यक्तिहरुको समग्र क्षेत्रमा विगत ढेड वर्ष देखि काम गर्दै आएको छ ।

सिम्ताका वडा ५,६ र ८ का अपांगता भएका व्यक्तिहरुको लागि घरमै शौचालय निर्माणकार्य देखि ,मेडिफिकेशन र अन्य सामग्री समेत प्रदान गर्दै आएको छ । वागेश्वरि मावि राकममा अपांगता भएका वालवालिकाको लागि आइएनएफ सुर्खेतले सौचालय,रेलिङ लगाएतको निर्माणकार्य सम्पन्न रिदिएको छ ।
सिम्ताका विभिन्न क्षेत्रमा आइ.एन.एफ.को सहयोगमा सञ्चालित कार्यक्रम अनुसार वागेश्वरि मावि राकमको अपांगता छात्रवास,अन्य क्षेत्रमा समेत शौचालय निर्माणकार्य सम्पन्नता भएको छ ।

सोहि शिलशिलामा आइएनएफ र गाउँपालिकाको संयुक्त टिमले ती क्षेत्रमा अनुगमन समेत गरेको छ । अनुगमनका क्रममै गाउँपालिका अध्यक्ष ऐन वहादुर चन्दले सरोकारवाला निकायले वालिवालिकाको लागि पट्के सहयोगले मात्रै नहुने र दिगो रुपमा उनको जिवनमा आइपर्ने सबै खाले सहयोग अवस्यक हुने जनाए ।

जसका लागि गाउँपालिका र संस्थाको साझेदारीमा दिगोपना दिनका लागि योजना वनाउनु पर्ने जनाएको छ । उक्त अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोमा रेग्मी, प्रमुख प्रशासकिय अधिकृत भलारम पंगाली, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र पुन, वालवालिका शाखाका भविन्द्र प्रसाद शर्मा, आइएनएफ साइनिङ्ग परियोजना कार्यक्रम संयोजक ललित वहादुर सारु, अनुगमन अधिकृत लोक प्रसाद गौतम, मेडिकल टिम अन्यको सहभागीतामा फिल्ड अनुगमन कार्य सम्पन्न भएको छ ।

आइएनफद्वारा अपांगताहरुको लागि घर घरमै शौचालय निर्माण

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत