हेल्भेटासद्धारा भूकम्प प्रभावितका लागि सीप तथा पुर्ननिर्माण परियोजना सचांलन

हेल्भेटासद्धारा भूकम्प प्रभावितका लागि सीप तथा पुर्ननिर्माण परियोजना सचांलन गरेको छ । । गत कार्तिक १७ गते जाजरकोट भूकम्पले स्थानिय समुदायमा भूकम्प प्रतिरोधि भवन निर्माण सम्बन्धि सीप तथा ज्ञान अभिवृद्धि गर्न अत्यावश्यक छ ।
यसै परिप्रेक्षमा हेल्भेटास नेपालले जाजरकोट तथा रूकुम पश्चिम क्षेत्रमा सीप अभिवृद्धि तथा पुर्ननिर्माणमा हुने सरकारी प्रयासलाई योगदान पुर्याउन स्वीस सरकारको आर्थिक सहयोगमा सीप तथा पुर्ननिर्माण परियोजना सचांलन गर्न लागेको छ । यस कार्यक्रमको मुख्य उद्श्य पुर्ननिर्माणमा लैङ्गिक सचेतना तथा समावेशिता सहित बिना भेदभाव सहयोग पुर्याउनु रहेको छ ।
जाजरकोट तथा रूकुम पश्चिमका भूकम्पबाट अति प्रभावित गाउँ पालिका तथा नगरपालिका क्षेत्रमा सचांलन हुने यस कार्यक्रमले भूकम्प प्रतिरोधि भवन निर्माण सम्बन्धि पाँच सय जनाको लागि लेभल –१ तह को तालिम सचालन गरि भूकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माणको लागि आवश्यक पर्ने दक्ष जनशक्त्ति तयार गर्न योगदान गर्ने लक्ष्य राखेको छ ।
साथै भुकम्पबाट क्षति ग्रस्त सार्बजनिक पूर्बाधारहरूको पुर्ननिर्माणमा योगदान गर्न जाजरकोटको भेरी नगर पालिका र नलगाड नगर पालिका तथा रूकुम पश्चिमको आठविसकोट नगरपालिका तथा सानीभेरी गाउपालिकामा १÷१ वटा बिध्यालय भवन तथा श्वास्थ्य चौकि भवन पुर्ननिमार्ण गरिने छ । प्रदेश स्तरमा भौतिक पूर्बाधार तथा शहरी विकास मन्त्रालयको समन्वयमा सचांलन हुने यो कार्क्रमको कार्यान्वयन स्थानिय  सरकारहरूको समन्वयमा हुनेछ ।
भूकम्प प्रतिरोधि भवन निर्माणमा दक्ष जनशक्ति निर्माण गर्न सचांलनगरिने तह–१ तालिम कर्णाली प्रदेशमा पहिलो पटक सचांलन हुने लागेको छ । यस तालिमको शुभारम्भ भेरि नगरपालिका १ पिपेमा नगर प्रमुख चन्द्रबहादुर घर्ति बाट सम्पन्न भएको छ । यो तालिममा भूकम्पबाट प्रभावित क्षेत्रका २० जना युवाहरू सहभागी हुने छन् । तालिमको क्रममा भूकम्पबाट प्रभावित गरिव तथा पछाडिपरेको समुदायको लागि २ कोठे घरसमेत तयार हुने छ । यस तालिमले स्थानिय युवाहरूमा रोजगारिको सिर्जना गर्ने साथै भूकम्प प्रभावित क्षेत्रमा गरिने पुर्ननिर्माणको लागि आवश्यक दक्ष जनशक्ति समेत उपलब्ध हुने अपेक्षा गरिएको छ ।
बिहिवारको कार्यक्रममा भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशका प्रतिनिधि विकास डि.सी र सीप तथा पुर्ननिर्माण परियोजना हेल्भेटास नेपालका दिनेश पाण्डेले कार्यक्रमको उदेश्य तथा महत्त्वबारे प्रकास पारेका थिए ।
हेल्भेटासद्धारा भूकम्प प्रभावितका लागि सीप तथा पुर्ननिर्माण परियोजना सचांलन

जयत पानीमा खुल्यो सुपथ सहकारी पसल

हेल्भेटासद्धारा भूकम्प प्रभावितका लागि सीप तथा पुर्ननिर्माण परियोजना सचांलन

जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेद सेवा