बिहीवार ईद पर्वको सार्वजनिक बिदा


इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) को अवसरमा सरकारले बिहीवारका लागि सार्वजनिक बिदा दिएको छ ।

२०७९ सालको चैत २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ईदको बिदा राजपत्रमै प्रकाशित भए पनि मिति भने हरेक वर्ष इस्लाम धर्मगुरुहरूले ईद मनाउने मिति तय गरेपछि मात्रै यकिन हुन्छ ।

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधवार पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘ईद उल–फित्र’ को नमाज मस्जिदमा र केहीले ‘इदगाह’ मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोअनुसार नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकर ईद अर्थात् ‘ईद उल–अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरेबियाको मक्का मदिना जाने पनि गर्दछन् ।

बिहीवार ईद पर्वको सार्वजनिक बिदा

निशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगेः

बिहीवार ईद पर्वको सार्वजनिक बिदा

‘सीमावासीसँग सशस्त्र प्रहरी’ अभियान

This will close in 0 seconds