निशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगेः साइकल यात्री माधवप्रसाद

यहीँ चैत २७ गते दिउँसो साढे ३ वजे जुम्लामा नेपाल साइकल यात्री माधवप्रसाद कुइकेल इन्द्रावती –४ नवलपुर सिन्धुपाल्चोक लेखिएको र नेपाली झण्डा र शिरमा नेपाली ढाका टोपी लगाएर सानो झोला भिरेर ५९ वर्षका एक पुरुष जुम्लाको सदरमुकाम खलंगामा भेटिए ।
साइकल संगै उनी कर्णालीकै प्रसिद्ध मन्दिर चन्दननाथ मन्दिर दर्शन गर्न पुगे।उनी हुन् । इन्द्रावती –४ नवलपुर सिन्धुपाल्चोकका माधवप्रसाद कुइकेल । साइकलमा सवार थिए । आफ्नो गृह जिल्लाबाट साइकल यात्रा गरेको बताए । २०८० फागुन २७ देखि साइकल यात्रा सुरु गरेका उनले २२ जिल्लामा पूरा गरिसकेका छन् ।
आम मानिसलाई निशुल्क स्वास्थ्य सेवा हुनुपर्ने तथा विरामीले निशुल्क एम्बुलेसन्स सेवा पाउनुपर्ने सन्देशको माग गर्दै देशभर साइकल यात्रा गरिरहेका हुन् । उनले कर्णाली प्रदेशको हिमाली जिल्ला मुगु हुँदै जुम्ला प्रवेश गरेका छन् ।
डोल्पा र मुगु हुँदै उनी तीन दिनमा जुम्ला आएका थिए । ‘अहिले पनि देशका धेरै विकट बस्तीमा मानिसले स्वास्थ्य सेवा राम्रोसँग पाइका छैनन्,निशुल्क एम्बुलेसन्स सेवा दिन सरकारले सकेको देखिदैन्।लाखौं मानिसको मृत्यु हुने गरेको समाचार सुनिन्छ,’ उनले भने ।
उनी योे सन्देश देशभरको समस्या सरकारसम्म पुर्याउन लागिपरेका छन् । यात्रा क्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई भेटेर यात्राको उदेश्य बारे स्पष्ट पारेका थिए । “इन्द्रावती सामुदायिक सेवा सञ्जाल“ नामक संस्था मार्फत अनाथ, असहाय, गरिब, हिंसापिडित, महिला, बालबालिका, दलित तथा आकस्मिक विपद्का घटनामा परेकाहरुलाई तत्काल एम्बुलेन्स सेवा उपलब्ध गराउने अभियान लिइ देशभर साइकल यात्रा गरेको सुनाए ।
सबै जिल्लाका जनप्रतिनिधि, प्रहरी प्रमुख र सिडियोलाई भेटेर यो कुरा सुनाउन लागिपरेको छु ।’ कुइकेलले देशका ७७ वटै जिल्ला सदरमुकाममा पुग्ने गरी यात्रा सुरु गरेका छन् । उनले जिल्ला सदरमुकाम पुग्ने र स्वास्थ्य समस्याबारे जिल्लाका प्रबुद्ध व्यक्तिहरूसँग छलफल तथा जानकारीसमेत गराउने गर्दै आएका छन् ।
त्यससँगै उनले स्थानीय प्रशासनसँग आफू जिल्ला सदरमुकाम पुगेको सिफारिससमेत लिने गरेका छन् । सबै जिल्ला पुगे पश्चात् साइकल यात्री माधवप्रसादले एक ज्ञापन पत्र तयार पार्ने र सो ज्ञापन पत्र स्वास्थ्य मन्त्री र गृहमन्त्रीलाई बुझाउने तयारी रहेको बताए । उनले सम्भव भए मन्त्रीहरुलाई एक पटक ती स्वास्थ्य क्षेत्रमा देखिएका तमाम समस्यालाई स्थल अवलोकन गर्न निम्तोसमेत दिने बताए ।





