नेकपा माओवादी हुम्लाको २९ वडा कमिटीमा नयाँ नेतृत्व


नेकपा माओवादी केन्द्रको हुम्ला जिल्लाका २९ वटा वडामा वडा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ । ६ वटा गाउँपालिकामा एक्कै दिन वडा अधिवेशन गरेर माओवादी केन्द्रको नयाँ कमिटी चयनसमेत गरेको हो ।

सर्केगार्ड गाउँपालिकाको केन्द्रमा जेठ ४ र ५ गते बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति हुम्लाको बैठकको निर्णयअनुसार जेठ २६ गते जिल्लाका ६ वटा गाउँपालिकाका २९ वटा वडामा एकसाथ सुरु भएको वडा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको माओवादी जिल्ला समन्वय समितिका सचिव धर्मराज बोहराले बताए ।

हुम्ला जिल्लामा ४४ वटा वडा रहेका छन् । बाँकी वडमा असार १५ गते भित्र वडा अधिवेशन हुनेछ । सचिब बोहराका अनुसार वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको गाउँपालिका वडामा पाँच वटा वडा रहेको ताँजाकोट गाउँपालिकामा वडा नम्बर १ बाट क्रमशः राजबहादुर खड्का, कर्णप्रसाद शर्मा, मनबहादुर शाही, मनप्रसाद ढकाल र बलमान रावल अध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी अदानचुलीका ६ वटा वडा १ बाट क्रमश पुर्णलाल थापा, लालबहादुर सुनार, भक्त नेपाली, गोकुल थापा, लाल सिंह र गोर कट्टेल अध्यक्षमा चयन भएका छन् । त्यसैगरि चंखेली गाउँपालिका वडा नम्बर १, २, ४ र ६ मा क्रमश मत्या बुढा, धनलाल धिताल, गोबिन्दबहादुर शाही र भिम तामाङ अध्यक्षमा चयन भएका छन् ।

यता खार्पुनाथ गाउँपालिकाका वडा नम्बर १ देखि ४ मा भएको वडा अधिवेशनबट क्रमश बिबेक बुढा, फुन्जु रावल, धन बोहरा र कालीबहादुर जेठाराको नेतृत्वमा कमिटी गठन भएको छ । त्यसैगरि नाम्खा गाउँपालिकाको वडा नम्बर १,३ र ४ मा पनि अधिवेशन भएर नेतृत्व चयन भएको छ ।

सचिब बोहराले वडा कमिटी २५ सदस्यीय हुने बिधानमा प्राव्धान रहेको छ । सर्केगार्ड गाउँपालिकामा भने कुनै वडामा पनि अधिवेशन हुन सकेको छैन् । बाँकी १५ वटा वडामा पनि चाँडै अधिवेशन हुनेछ । नाम्खा गाउँपालिका– ६ को लिमीमा भने जिल्ला कुनै पनि पार्टीको वडाको संगठन रहेको छैन ।

नेकपा माओवादी हुम्लाको २९ वडा कमिटीमा नयाँ नेतृत्व

YUGAAWHAN NATIONAL DAILY (2081-02-27)