सल्यानमा टिमुरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

सप्ताह ब्यापी वनस्पति दिवसको दोस्रो दिन शनिबारदेखि सल्यानमा “टिमुर कप खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । वनस्पति अनुसन्धान केन्द्र कपुरकोट–३ मुलपानी सल्यानको आयोजनामा सुरु भएको प्रतियोगिता यहि चैत्र २८ गते सम्म संचालन हुनेछ । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले प्रतियोगिता उद्घाटन गरेका थिए ।

खेलमा पालिका भरिका १२ टीमको सहभागिता रहेको छ वनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकले जानकारी दिए । प्रतियोगितामा प्रथम , द्वतीय र तृतीय हुने समुहले क्रमशः८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पनि उनको भनाइ छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भरारी, प्रमुख प्रशासकीय अधिकृत भरत वली, कपुरकोट ब्याडमिन्टन संघका पदाधिकारीहरु, स्थानिय बुद्धिजीवी एवं खेलप्रेमीहरुको उपस्थिति थियो ।

“स्थानीय समुन्नतीमा स्वस्थानीय वनस्पति“ भन्ने नाराका साथ वनस्पति बिभागको ६४ औं बार्सिकोत्सव तथा २५ औं वनस्पति दिवसको उपलक्ष्यमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सप्ताहरुपि दिवस अन्तर्गत विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । दिवसको अवसरमा यहि चैत्र २९ गते दिउसो अन्य कार्यक्रम सहित विशेष समारोहको आयोजना गैरेको अनुसन्धान केन्द्रमा हेड फिल्ड अधिकृत दामोदर दहालले जनाए ।

सल्यानमा टिमुरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बोहोरा गाउँमा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने