२३६ जना विद्यार्थीलाई स्टेस्नरी सहयोग


सिङ्गो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेस्नरी प्रदान गरिएको छ । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउनका लागि विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपालले स्टेस्नरी सहयोग गरेको हो ।

सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेस्नरी सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले बताए ।

विद्यालयमा प्राप्त भएको स्टेस्नरी सम्पूर्ण विद्यार्थीहरूलाई वितरण गरिएको बताउँदै उनले यो सहयोग आधार विकास नेपालबाट प्राप्त भएको बताए ।

बाल विकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई दुई–दुई थान कापी, पेन, शिशकलम, इरेजर र कटर प्रदान गरिएको छ भने कक्षा छदेखि १० सम्मका विद्यार्थीहरूलाई दुई–दुई थान कापी र डड्पेन प्रदान गरिएको छ ।

विद्यालयमा अध्ययनरत २३६ जना विद्यार्थी सबैले स्टेस्नरी सामग्री प्रदान गरिएको हो । आधार विकास नेपालका शिक्षा अधिकृत कुन्जोक लामाले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले विद्यार्थीहरूलाई स्टेस्नरी सहयोग गरिएको बताए ।

कैशाल माविमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरूले दाउरा बोकर बिक्री गरेर आफ्नो पढाई खर्च व्यवस्था गर्ने भएका कारण पनि कार्यक्रमले स्टेस्नरी सहयोग गरेको हो । सो कार्यक्रमले आफ्नो क्षेत्र भित्रका विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई वर्षभरि पुग्ने स्टेस्नरी सहयोग गर्दै आएको छ ।

२३६ जना विद्यार्थीलाई स्टेस्नरी सहयोग

मुगुमा सवारी दुर्घटना हुँदा ११ वर्षमा ५३

२३६ जना विद्यार्थीलाई स्टेस्नरी सहयोग

९९८ किलोवाटको चुकेनी जलविद्युत निर्माण अन्तिम चरणमा