करेन्ट लागेर एक जना युवाको मृत्यु


मुगुको सोरू गाउँपालिका वडा नं ६ सोरूकोटमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ ।

बिजुली बत्ती बनाउने क्रममा पोल चढेको बेला अचानक करेन्ट लागेर भुईमा खसेपछि सोरू गाउँपालिका वडा नं ६ सोरूकोट निवासी २८ वर्षीय खम्मा शाहीको मृत्यु भएको मुगुका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

बिहीबार बिहान ८ः४५ बजे तिर बत्ती बनाउने क्रममा बिजुलीको पोल उग्लेको बेला घाम पावर मिनिग्रेट सोलार सिस्टमको बिजुलीको करेन्ट लागेको थियो ।

करेन्ट लागे पछि बिजुलीको पोल उग्लेको बेला भुईमा खसेपछि शाहीको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतक शाहीको सव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ठिनीमा ल्याई पोष्टमाटर्म गरिएको छ ।

करेन्ट लागेर एक जना युवाको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2081-01-21)

करेन्ट लागेर एक जना युवाको मृत्यु

कर्णालीका जनतालाई रेल मार्ग होइन सडक चाहिएको