गाउँगाउँमा फुटबल क्रेज


यहीँ फागुन १५ गतेदेखि १८ गतेसम्म जुम्लाको सदरमुकाम खलंगामा पहिलोपटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा जिल्लाका खेलाडीहरुले भाग लिए । जाजरकोट, सुर्खेत, कालिकोट, मुगु र हुम्लालगायत बाहिरी जिल्लाका पनि आए ।

जुम्लाको चन्दननाथ नगरपालिका–५ मा अवस्थित रंगशालामा फुटबल आयोजना गरिएको थियोे।प्रदेश स्तरीय फुटबलमै गाउँका खेलाडीले प्रतियोगितामा पनि भाग लिएका देखिन्थे।जुम्लामा दसैंतिहार र कुनै दिवसको अवसरमा मात्रै फुटबल प्रतियोगिता सुरु हुन्छ ।

दसैं÷तिहार, कुनै दिवस तथा नयाँ वर्षमा फुटबल खेलाइन्छ। यस्तै कहिलेकाहीँ स्थानीयतहहरुले मेयर कप,उपाध्यक्ष कप तथा पालिका स्तरका राष्ट्रपति रनिङसिल्ड गाउँपालिका र वडास्तरमै फुटबल आयोजना गर्छन् ।

‘सहरको फुटबलमा गाउँलेको खासै महत्त्व हुँदैन । खेलमैदान वरपर दर्शक ओइरिएका हुन्छन्, । पातारासी गाउँपालिका–२ तल्फि गाउँका दिपक विश्वकर्माले भने, हिजोआज गाउँगाउँमा फुटबल प्रतियोगिता आयोजना गरिरन्छ ।
‘सहरमा आएर गाउँघरका बाआमाले फुटबल हेर्न सक्नुहुन्न । गाउँको फुटबल प्रतियोगितालाई बालबालिकादेखि बूढाबूढीसम्मले हेर्छन्,’ उनले भने । यस्ता प्रतियोगितामा गाउँकै खेलाडी बढी हुने भएकाले उनीहरूको प्रतिभा प्रस्फुटन समेत हुन्छ । यसले जिल्लादेखि प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरसम्म पुग्ने बाटो खुल्ने उनी बताउँछन् ।

लामो समयअघिदेखि फुबटल खेलमा लागेका जुम्ला चन्दननाथ नगरपालिका– ३ का रुवेन भण्डारी जुम्लावासीको रुचाइएका खेलाडी हुन् । कुनै समयमा बाझो खेतबारीमा कपडाको डल्लो बनाएर फुटबल खेल्ने उनी अहिले जुम्लाको राम्रो खेलाडीका रुपमा परिचित छन् । पालिकास्तरीय होस या जिल्ला । यात प्रदेशस्तरीय नै किन नहोस् उनी नियमित रुपमा छनोटमा पर्छन्। फुटबल खेलप्रतिको लगाव, अनुशासित रुपमा खेल्ने तरिका र खेल सकिसकेपछि प्रतिस्पर्धीसँग गर्ने मिजासिलो व्यवहारले उनी दर्शको रोजाइमा छन् ।

एन्फा जुम्लाका अध्यक्ष भरत बुढ्थापाले भने, ‘जुम्लामा फुटबलको क्रेज बढ्दैछ । खेलाडीहरुको प्रतिभाको पनि उचित सम्मान भइरहेको छ । पहिले जिल्लास्तरमा हुँदा पालिकास्तरका दर्शकहरु आइरहेका देखिन्थे । किनकि आ–आफ्नो पालिकादेखि सहभागी खेलाडीहरुको प्रतिभा हेर्न चाहन्थे । यो पटक प्रदेशस्तरीय भएकोले झनै दर्शकहरुको भिड लागेको थियो ।

एन्फा अध्यक्ष बुढ्थापाले फुटबलका दर्शहरु वर्षैपिच्छे थपिने गरेकोले खेल क्षेत्रमा लागेकाहरुको हौसला बढेको बताए । खेलाडीहरु पनि उच्च मनोबलका साथ खेलमा होमिँदै आएका छन् । पहिले कर्णाली लगायतका दुर्गम जिल्लाहरुमा भलिबल प्रतिको मोह तीव्र थियो । तर अहिले गाउककबस्तीस्तरसम्म फुटबलको क्रेज बढेको सहभागी बताउँछन् ।

खेलाडी रुवेनले भने, ‘बारम्बारको अभ्यास र मिहिनेतले दर्शकहरु फुटबल प्रतिको मोह बढेको छ । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कपडाको बल बनाएर साथीहरु भेला गराएर जुम्लाका विभिन्न स्थानहरुमा फुटबल चलिरहेको हुन्थ्यो । अहिले प्रदेशस्तरीय फुटबल खेल नै जुम्ला हुन थालेपछि जुम्लावासी अचम्मित छन् ।

जुम्लाका खेलाडीहरु अहिले सुर्खेत, नेपालगन्ज र काठमाडौंमा गएर प्रतिस्पर्धा गर्न सक्षम भइसकेका छन् । यता एन्फाका महासचिव दिपेन्द्र विक्रम हमला खेल क्षेत्रबाटै कीर्तिमानी कायम गर्न सकिने र खेल क्षेत्रको विकासले मात्रै देशको समृद्धिको ढोका खेल्ने बताउँछन् । फुटबलप्रतिको क्रेज प्रति एन्फा जुम्ला निकै सन्तुष्ट देखिएको छ ।

हमालले भने,जुम्ली युवामा देखिएको फुटबल मोह र दर्शकहरुप्रति देखिएको तीव्र इच्छाशक्तिले खेलाडीहरु जन्माउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । खेलाडीको हकहित र अधिकारका लागि बारम्बार वकालत गर्दै आइरहेको बताउँदै उनले भने, ’यो क्रेजलाई सबैले सहयोग गर्न सके फुटबलमा राम्रो सन्देश छर्न सक्ने देखिन्छ ।’ जिल्ला फुटबल संघ एन्फाका अनुसार जिल्लाका हरेक विद्यालयमा फुटबल खेलको अभ्यास भइरहेको छ ।

‘एक गाउकक एक फुटबल’ खेलाडी उत्पादन गर्ने नीति एन्फा जुम्लाले लिएको छ । अहिले फुटवलसँग आबद्ध झण्डै दुई दर्जनभन्दा बढी युवा क्लब छन् । विद्यालयको वार्षिकोत्सव, दसैं, तिहार, लगायतका खुसीयालीमा बर्सेनि फुटबल आयोजना हुँदै आएको छ । खेल मैदान अभावले पर्याप्त मात्रामा खेलाडीलाई खेल अभ्यास गराउन नसकिएको उनको भनाइ छ ।

गाउँगाउँमा फुटबल क्रेज

महंगियो अर्गानिक खान्की, ब्रान्ड बन्यो चिनो

गाउँगाउँमा फुटबल क्रेज

गाउँमै धमाधम योजना सम्झौता