क्यान्सर पिडितलाइ  आर्थीक सहयाेग 

सुर्खेत, १७ माघ  ।

 राप्ती गाँउपालीका  दाङ शिबचरण चौधरीकि श्रीमती ४० वर्षिय  निर्मला चौधरी को २०७९ असाेज ३० गते बाट भक्तपुर क्यान्सर अस्पताल मा क्यान्सर उपचार भइरहेकाे छ । 

  आर्थिक समस्या भएको हँदा उनकाे थप उपचार को लागि भेरिगंगा नगरपालिका सम्पर्क समिति (सुर्खेत)को नेतृत्वमा कोरियाको विभिन्न कार्यक्षेत्र मा कार्यरत समितिमा आवद्ध युवा र भेरीगंगा नगरपालिका स्थित छिन्चु निवासि केहि मनकारी युवाहरुले आर्थीक संकलन गरी रु.५३,५८७÷–(त्रीपन्न हजार पाचसय सतासी रुपैयाँ ) हस्तान्तरण गरिएको छ ।

उक्त रकम उनकाे  थप उपचार का लागि सदुपयोग होस भन्ने उद्देश्यले कार्यसमिति को निर्णय अनुसार बिरामी परिवार संग सहकार्य गरी समितिका पूर्व अध्यक्ष लोकेश खत्री ले विरामिलाई घरमै भेटगरि उक्त रकम नगद हस्तान्तरण गरेका छन । हाल सुर्खेतकाे भेरीगंगा नगरपालिका स्याउलीबजार टोल निवासी हुन् ।

भेरिगंगा न. पा. सम्पर्क समिति (सुर्खेत) दक्षिण कोरियाको सामाजिक दायित्व अन्तर्गत स्थापना काल देखि नै भेरीगंगा नगरपालिका भित्र स्वास्थ्य र शिक्षा मा सहकार्य र सहयोग गर्दै आईरहेको  छ । त्यसै अन्तर्गत यस अभियान संचालन गरी आर्थिक सहयोग रकम हस्तान्तरण गरीएको जानकारी गराउँदै समितिका अध्यक्ष ओम प्रकाश ओली ले यस अभियानमा सहकार्य गरि सहयोग गर्ने सम्पूर्ण सहयोगी मन हरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए  ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds