कीर्तिमानी सुष्मालाई नगद २५ हजारसहित शिरीष फाउन्डेसनको सम्मान

काठमाडौं ,१७ माघ ।

युवा बक्सिङ खेलाडी सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले २५ हजार नगदसहित सम्मान गरेको छ। सुष्माले थाइल्यान्डमा यसै महिना थाइल्यान्डमा भएको एसियन यू २२ एसियन बक्सिङ च्याम्पियनमा सुष्माले ऐतिहासिक रजत पदक जितेकी थिइन्।

सुष्माले हासिल गरेको यो पदक नेपाली बक्सिङको इतिहासकै सबैभन्दा ठूलो सफलता हो। सुष्मालाई चेकसँगै उनका प्रशिक्षकहरु नवीन तन्डुकार र राज कृष्ण महर्जनलाई पनि फाउन्डेसनका प्रचण्ड शर्माले खदा ओडाएर सम्मान गरेका थिए।

‘सुष्माको सफलताले बक्सिङको इतिहासमा नयाँ आयाम थपेको छ। एसियन यु २२ एसियन च्याम्पियनसिपमा रजत पदक जितेर नेपाली बक्सिङमा नयाँ कोसेढुङ्गा पार गरेको छ,’शिरीष फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले भने,‘आउँदो एसियन गेममा पनि सुष्मा पदकबाट वञ्चितबाट हुनुपर्छ जस्तो लागेको छैन। उनलाई अझै अलिकति प्रोत्साहित गर्न सक्यौं भने एसियन गेम्समा हराउन सक्छिन् भन्ने विश्वास छ।’

सम्मानित सुष्माले त्यसअघिका प्रतियोगिताबाट बटुलेको अनुभवले पदक सम्भव भएको सुनाइन्। ‘यसअघि तीन वटा प्रतियोगिता खेलेर अनुभव बटुलेकी थिएँ, त्यसबाट नै पदक ल्याउन सम्भव भयो,’उनले भनिन्,‘थाइल्यान्डमा मेरो पहिलो प्रतिद्वन्द्वी भियतनाम थियो। राम्रो खेलेर जितेँ।

यसअघिका प्रतियोगितामा मंगोलियाका खेलाडीसँग खेलिसकेकाले दोस्रो प्रतिद्वन्द्वी हेरेर तयारी गरेको र त्यसैअनुसार सफल भएको उनले सुनाइन्। ‘फाइनलको प्रतिस्पर्धी एसियन च्याम्पियन उज्वेकिस्तानको थियो,’उनले भनिन्,‘उसलाई प्रतिस्पर्धात्मक खेल दिए पनि जित्न सकिँन,तर धेरै सिक्न पाएँ।’

कीर्तिमानी सुष्मालाई नगद २५ हजारसहित शिरीष फाउन्डेसनको सम्मान

आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना!

कीर्तिमानी सुष्मालाई नगद २५ हजारसहित शिरीष फाउन्डेसनको सम्मान

क्यान्सर पिडितलाइ  आर्थीक सहयाेग 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds