रेबिज रोग नियन्त्रणको लागि खोप अभियानसँगै जनचेतना फैलाउन आवश्यक

सुर्खेत  ।
१७ औ विश्व रेबिज दिवस सुर्खेतसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि एक कार्यक्रमको आयोजना गरी विश्व रेबिज दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले रेबिज रोग नियन्त्रणको लागि खोप अभियानसँगै जनचेतना फैलाउन आवश्यक भएको बताए ।

कर्णाली प्रदेश सरकारले रेबिज रोग नियन्त्रणमा खोप अभियान सञ्चालन गरेपनि जनचेतनाको कमी भएकोले रोग नियन्त्रणमा समस्या भएको बताउँदै मन्त्री शर्माले खोप अभियानसँगै जनचेतना फैलाउन पशु चिकित्सक तथा कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।

उनले रेबिज नियन्त्रणमा जनचेतना फैलाउन नसक्नुले रेबिज रोगका कारण दिनानुदिन विद्यालय पढ्ने बालबालिका सडकमा हिड्डुल गर्ने मान्छे मजदुर सिकार भएको र अकालमै ज्यान गुमाएको बताए ।

रेबिज जङ्गली तथा घरपालुवा जनावरहरूको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्र्याइँ गर्न नहुने बताए । उनले रेबिजलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पशु–स्वास्थ्यमा ध्यान दिँदै रेबिजलाई नियन्त्रण गर्न व्यापकरूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा शर्माले जोड दिए ।

यस्तै पशु विकास निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पङ्गेनीले रेबिज एक प्राणघातक भाइरस रहेको नेपालमा लगभग सबैजसो रेबिज रोग सङ्क्रमित कुकुरको टोकाइबाट सर्ने गरेकोले घरपालुवा कुकुर, बिरालो लगायतका जनावरलाई रेबिज विरुद्धको खोप अनिवार्य रूपमा लगाउन आग्रह गरे ।

रेबिज रोग नियन्त्रणको लागि खोप अभियानसँगै जनचेतना फैलाउन आवश्यक

एमाले कर्णाली प्रदेश अध्यक्षमा ४ र सचिवमा

रेबिज रोग नियन्त्रणको लागि खोप अभियानसँगै जनचेतना फैलाउन आवश्यक

YUGAAWHAN NATIONAL DAILY (2080-06-11)

This will close in 0 seconds