एमाले कर्णाली प्रदेश अध्यक्षमा ४ र सचिवमा ३ जनाको चर्चा, प्यानलै बनाएर प्रतिस्पर्धा गर्ने तयारी

सुर्खेत, ११ असोज ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन बुधबारदेखि वीरेन्द्रनगर सुर्खेतमा जारी छ । एमाले अध्यक्ष केपि शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका थिए । सर्वसम्मत नेतृत्व चयन नभए लोकतान्त्रिक विधि, प्रकृया अनुसार प्रतिस्पर्धाबाट नेतृत्व छनौंट हुने बताएका थिए ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि एमाले महासचिव शंकर पोख्ररेल, एमाले सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट सुर्खेतमै अड्डा जमाएर बसेका छन् । कर्णाली प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्य, पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य, र पदाधिकारीवीचमा विहिबार विहानदेखि नेतृत्वका विषयमा छलफल जारी रहेको छ ।

छलफलका क्रममा स्थायी कमिटी यामलाल कँडेल र गोरख बोगटी तथा पोलिव्यूरो सदस्यहरुको मत बाझिएको छ । एमाले स्थायी कमिटी सदस्य कँडेल पोलिटव्यूरो सदस्य जलावजंग शाहको नेतृत्वमा प्रदेश कमिटी गठन गर्नुपर्ने पक्षमा उभिएका छन् । भने स्थानीय कमिटी सदस्य गाेरख बाेगटी र बहुमत पोलिटव्यूरो सदस्यहरु मोहन बानिया, लक्ष्मी प्रसाद पोख्ररेल, भैरवसुन्दर श्रेष्ठ एक ठाउँमा उभिएका छन् । पार्टीको पोलिटव्यूरो र केन्द्रीय कमिटीबाट तल झर्न नहुने पक्षमा उभिएका हुन ।

मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष मिन बहादुर शाही तथा एमाले प्रदेश कमिटी सदस्यको पक्षमा उभिएका छन् । पोलिटव्यूरो सदस्य र केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरु प्रदेश तहको नेतृत्वका लागि तल आउन नहुने आवाज बलियो रुपमा उठेको छ । पार्टी हेडक्वार्टरले भने मीनबहादुर शाहीको नाममा सहमति नेतृत्व चयन गर्न जोड दिएको छ ।

विहिबार विहानैदेखि सर्वसम्मत नेतृत्व चयनका लागि पोलिटव्यूरो सदस्य र केन्द्रीय सदस्यहरुकावीचमा छलफल चलाइएको थियो । कर्णाली प्रदेशबाट स्थायी कमिटीमा २ जना, पोलिव्यूरो सदस्य ४ जना र केन्द्रीय सदस्य २२ जना रहेका छन् । पोलिटव्यूरो सदस्यहरु मोहन बानिया, लक्ष्मीप्रसाद पोख्ररेल, भैरवसुन्दर श्रेष्ठ र गुजावजंग शाह रहेका छन् ।

“सहमतिको प्रयास जारी छ तर हाल नेतृत्वका लागि ४ जना नेताहरुको दावि आएको छ” एमाले स्रोतले भन्यो “एमाले पोलिटव्यूरो सदस्य गुजावजंग शाह, एमाले निटक मानव अधिकार एलायन्सको केन्द्रीय अध्यक्ष मिन बहादुर शाही, प्रदेश कमिटीका वर्तमान उपाध्यक्ष लाल बहादुर महतरा, कर्णाली पूर्व सभामुख राज बहादुर शाहीको अध्यक्ष पदमा दावि पेश भएको छ ।”

प्रदेश कमिटीको सचिव पदमा एमाले प्रदेश कमिटी सदस्यहरु सुर्खेतका डण्डी प्रसाद शर्मा, धु्रवककुमार शाही र दैलेखका रुद्र शाहीको चर्चा तथा दावि पेश भएको छ । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्वका लागि  सर्वसम्मत नभए मतदान हुने सम्भावना बढेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन सत्रमा प्यानल बनाएर चुनाव नलड्न निर्देश दिएका थिए । तर, आकांक्षीहरू टसमस देखिएका छैनन् । उनीहरू भित्री रूपमा प्यानल बनाएर चुनाव लड्ने तयारीमा छन् ।

प्रदेश संसदीय दलका नेतासमेत रहेका स्थायी कमिटी सदस्य यामलाल कँडेल निकटका एमाले पाेलिटब्यूराे सदस्य गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजिएको छ । त्यस्तै, एमाले स्थायी कमिटी सदस्य गाेरख बहादुर बाेगटी,  पोलिटव्यूरो सदस्य ४ जना र एमाले प्रदेश कमिटी अध्यक्ष विनोद कुमार शाह निकट मानिने नेता मीनबहादुर शाही पनि अध्यक्षको दाबीबाट पछि हटेका छैनन् ।

अध्यक्ष पदका दावेदार मीनबहादुर शाहीको प्यानलबाट उपाध्यक्षमा जाजरकोटका लाल बहादुर महतरालाई मनाउने, सचिव पदमा डण्डी प्रसाद शर्मा र उपसचिवमा दैलेखका रुद्र शाहीलाई प्रतिस्पर्धा गराउने तयारी तथा अनाैपचारिक चर्चा सुरु भएकाे छ ।

अर्का अध्यक्ष पदका दावेदार गुलाबजंग शाहको प्यानलबाट उपाध्यक्षमा एमाले प्रदेश कमिटीका निवर्तमान सचिव तथा एमाले प्रदेश सांसद मुगुका टेकराज पछाईलाइ उपाध्यक्ष पदमा र सचिव पदमा सुर्खेतकै धु्रव कुमार शाहीलाई लडाउने तयारी तथा चर्चा सुरु भएको छ ।

एमाले कर्णाली प्रदेश अध्यक्षमा ४ र सचिवमा ३ जनाको चर्चा, प्यानलै बनाएर प्रतिस्पर्धा गर्ने तयारी

बोटेचौरमा भेरी कोरिडोर कार्यालयको स्थापना

एमाले कर्णाली प्रदेश अध्यक्षमा ४ र सचिवमा ३ जनाको चर्चा, प्यानलै बनाएर प्रतिस्पर्धा गर्ने तयारी

रेबिज रोग नियन्त्रणको लागि खोप अभियानसँगै जनचेतना

This will close in 0 seconds