तातोपानी गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण


जुम्लाको तातोपानी गाउँपालिकाले विपन्न जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरेको छ । आफन्तको सहाराविहीन–२ का चार जना जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरिएको हो । घरमा गएको अन्नलाई पकाउने दाउँरा नहुँदा समस्या हुन्थ्यो ।

वडाले ग्याँस चुलो दियो, खुसी हुँदै वडा–२ की लक्षिमा बुढाले भनिन्, ‘म एक्ली मान्छेलाई २–३ महिना खाना पकाउन पुग्नेछ ।’ वडा–२ को कार्यालयले लक्षिमा बुढासँगै साहाराविहीन लालकली दमाई, मिठ्या कामी र बाटु रावतलाई राहत ग्याँस–चुलो दिएको छ ।

आइतवार गाँउपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले ग्याँस–चुलो वितरण गरेका थिए ।
जेष्ठ नागरिकलाई राहत होस् भनेर विपद् व्यवस्थापन शिर्षकबाट ग्याँस–चुलो वितरण गरिएको २ का वडाध्यक्ष चन्द्रमान बुढाले बताए । तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईंले पालिकाले हचुवाका भरमा राहत दिने भन्दा आवश्यकता पहिचान गरेर मात्रै राहत दिने गरिएको बताए ।

जेष्ठनागरिकको राहत तथा सुरक्षाका लागि तातोपानीले सेवा मुलक कार्यक्रममा समेत जोड दिएको छ । पालिकाको सबैभन्दा दुर्गम क्षेत्र मानिने–७ र ८ का जेष्ठनागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता बुझ्न आउँदा निःशुल्क यातायात सेवाको समेत व्यवस्थापन गरेको छ ।

तातोपानी गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण

YUGAAWHAN NATIONAL DAILY (2080-09-08)