सञ्चार क्षेत्रको जीम्मेवारी बढेको छ : मुख्य मन्त्री शर्मा
सल्यान,१२ फागुन ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनिय भएको बताएका छन । उनले राजनैतिक ब्यवस्था परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको ईतिहाँस छ । अव जनताको अवस्था परिवर्तनमा पनि पत्रकार र सञ्चार जगतले भूमिका खेल्नु जीम्मेवारी उत्तिकै रहेको छ ।
सल्यानमा सञ्चालित सामुदायिक रेडियो शारदा एफएमको १५ औ स्थापना दिवशको अवसरमा आयोजीत दिगो विकासमा सामुदायिक रेडियो भूमिका विषयक भर्चुअल अन्तरक्रियामा शर्माले समाजमा रहेका गलत संस्कार सस्कृति रुपान्तरणमा रेडियो लगायत सञ्चार क्षेत्रले योगदान गर्नु पर्ने बताए । उनले भने कर्णाली प्रदेशको भौगोलिक सास्कृतिक र समाजीक अवस्था हेर्दा अझै पनि रेडियो जनताको सूचनाका सहज र सुलभ पहुँच पुग्ने माध्यम रहेको छ ।
समुदायमा जागरण पैदा गरेर नीति निर्माण र कार्यान्वयनमा जनसहभागिता वढाएर मात्र दिगो विकास लक्ष्य हाँसिल गर्न सकिने भएकाले पत्रकार र सञ्चार क्षेत्रको भूमिका सरकारले अघि सारेका कार्यक्रममा रचनात्मक पैरवी गर्न आग्रह गरे
। मुख्य मन्त्री शर्मा कर्णाली प्रदेशमा पत्रकार र सञ्चार माध्यामको सुरक्षा र वृत्ति विकासका लागि आफुहरुले ध्यान दिएर काम गर्ने बताए । प्रतिनीनिधी सभाका सदस्य प्रकाश ज्वालाले सामुदायिक रेडियो आवाज विहिनहरुको साथी भएर किसान, मजदुर, महिलाहरुको पक्षमा काम गरिरहेको बताए ।
भौतिक तथा मानविय विकास वा जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा शारदा एफएमले गरेको पैरवी उल्लेख्य रहेको छ । ज्वालाले भने जनताका दैनिकी र राज्य र सरकारले अघि सारेका नीति कार्यक्रम र जनताको आवश्यकतालाई विषय वस्तु वनाएर सञ्चार माध्यामले अभियान चलाउन आवश्यक छ ।
कर्णाली प्रदेशका भूमि कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले विकास, सुशासन र जनताको जीविको पार्जनका जस्ता विषयवस्तुलाई प्राथमिकता दिएर रेडियोले भूमिका खेल्नु पर्ने बताए । उनले भने जनताको घर दैलोमा सरकार आएपछि विकासका गतीविधी वढेको यसलाई सकारात्मक रुपमा र विकास संगै आएका विकृति विसंगतीलाई पैरवी गर्नु पर्दछ ।
कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले सल्यान जिल्ला लगायत पहाडी जिल्लामा सञ्चार पहुँच पुरयाउने माध्याम रेडियो भएकाले आर्थिक, समाजीक क्षेत्र जागरण पैदान गर्नु पर्ने बताए। उनले भने शारदा लगायतका एफएम रेडियोले समुदायमा विकास समृद्धिका क्षेत्रमा योगदान गरेका छन् । रेडियो पत्रकारिताका माध्यम जनताको जीवन स्तर सुधार्न, विकास र सुशासन लगायतकाक्षेत्र थप प्रभावकारीकार्यक्रम ल्यानउनु पर्दछ ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोरयाव) अध्यक्ष अर्जुन गिरीले नेपालको समाजीक तथा राजनैतिक परिवर्तनमा रेडियोहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नागरिक तथा राजनैतिक अधिकार मात्र होईन विपद्, सुशासन र जागरणमा क्षेत्रमा रेडियो आन्दोलनका भूमिका रहेको छ ।
राज्यको पुर्नसंरचना संगै तिन तहका सरकार बनेका भएपनि सञ्चार क्षेत्र र सामुदायिक रेडियाहरुको वृत्ति विकास सरकारी तवरवाट ध्यान नपुगेको बताए । उनले भने स्थानीय तहमा आफै रेडियो सञ्चालन गर्ने, सामुदायिक रेडियो मैत्री नीति कार्यक्रम समेत नबनाउने जस्ता काम भएका छन् ।
एफएम रेडियोले शिक्षा ,स्वास्थ्य लगायतका जनचेतनासहित सामाजीक रुपान्तरणमा योगदान गरिरहेकाले अहिलेको अवस्थामा सरकारले सामुदायिक रेडियोको क्षेत्रमा नीतिगतरुपमै सहयोग गर्ने निती लिन आवश्यक रहेको गिरीको भनाई छ ।




