राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा चयन गर्नुपर्छ : नेता शर्मा

काठमाडौँ,१२ फागुन  ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति चयनका लागि दलहरुबीच भइरहेको छलफलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।पूर्वअर्थमन्त्री समेत रहेका उपमहासचिव शर्माले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दुखद् भएको समेत बताएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान समेत राखे ।  जनताले तानातानका लागि नभई सहकार्यका साथ मुलुकलाई अघि बढाउने गरी मत दिएको उल्लेख गर्दै उनले सोही मतको सम्मान गर्दै सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने काममा एकताबद्ध हुन सरकार, सबै राजनीतिक दल र सांसदहरूलाई आग्रह समेत गरे ।

उपमहासचिव शर्माले राजनीतिक दलहरूले राष्ट्रिय सहमतिका साथ उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकलाई समृद्ध बनाउने महाअभियानमा जुट्नुपर्ने पनि बताए ।

राताेपाटी

राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा चयन गर्नुपर्छ :  नेता शर्मा

भेरी किनारमा ‘नमुना सहर’

राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा चयन गर्नुपर्छ :  नेता शर्मा

गुर्भाकोटमा संचालित निशुल्क महिला स्वास्थ्य शिविरमा २८३४

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds