जुम्लामा घोडा प्रतियोगिता, विकास ऐडीको घोडा प्रथम

बडा दसैंअन्तर्गत फूलपातीको दिन जुम्ला सदरमुकाम खलंगामा रहेको राजासिममा शनिबार घोडा दौड गरिएको छ । परम्परादेखि जुम्लामा चल्दै आएको जुम्ली घोडा दौड प्रतियोगिताले यो वर्ष पनि निरन्तरता पाएको छ । २०५५/०५६ सालमा जुम्ला विमानस्थल पक्की भएपछि परम्परादेखि चल्दै आएको घोडा दौड प्रतियोगिता रोकिएको चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले बताइन् ।
हरेक वर्ष फूलपातीको दिन जुम्ला एयरपोर्टको धावनर्मागमा घोडा दौंड हुन्थ्यो, उनले भनिन्, धावनमार्ग पिच भएपछि घोडा दौड हराउँदै गएको थियो । तर, विगत ५ र ६वर्षयता कर्णाली खेलकुद क्लबले यसलाई निरन्तरता दिइरहेको थियो । तर, यो वर्ष कर्णाली कला तथा सास्कृतिक सरंक्षण मञ्च जुम्लाको आयोजनामा भएको मञ्चका अध्यक्ष आनन्द अधिकारीले बताए । राजासिममा भएको घोडा दौडमा २८ वटा घोडा सहभागी थिए ।

पातारासी, गुठिचौर, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिका भित्रका सहभागी थिए। सहभागी घोडाहरुको पालित, कदम र खुल्ला गरी तीन विधामा पुरुस्कार प्रदान गरिएको छ ।कर्णाली कला तथा सास्कृतिक संरक्षण मञ्चका अध्यक्ष अधिकारीका अनुसार प्रतियोगितामा गुठिचौर गाउँपालिका-१ का विकास ऐडिको घोडा प्रथम, गुठिचौर गाउँपालिका सोही वडाकै मानबहादुर ऐडि द्धितीय र तृतीय गुठिचौर-१ कै टिक बहोराको घोडा भएको छ ।
प्रतियोगितमा प्रथमलाई ५ हजार, द्धितीयलाई ३ हजार र तृतीयलाई २ हजार रुपैया पुरस्कार प्रदान गरिएको आयोजनकले जनाएको छ भने, सान्त्वना ५ सय पुरुस्कार तातोपानी-३ की १४ वर्षकी श्रिष्टि कार्कीलाई दिइएको छ । उनले घोडाको चाल र कदममा भाग लिएकी थिइन । उनी चढेको घोडा फाइनल दौडको लागी छनोटमा परेन । महिलाले घोडा दौडमा सहभागीता जनाएको पहिलो पटक हो,आगामी दिनमा अन्य महिलालाई हौसला होस भन्नका लागि सान्त्वना पुरुस्कार दिइएको थियोे ।







